SamwadKhabar logo

               

संघीय खबर

काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न, राष्ट्रपतिले आज उद्घाट्न गर्ने

संवाद खबर

संवाद खबर

काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न, राष्ट्रपतिले आज उद्घाट्न गर्ने
चैत २१, काठमाडौं । भूकम्पले ध्वस्त भएको काठमाडौँको ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनर्निर्माण पूरा भएको छ । आज (सोमबार) दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्मित काष्ठमण्डपको उद्घाट्न गर्नुहुने भएको छ। मरुसत्तलको रुपमा पनि चिनिने काष्ठमण्डपकोबीच भागमा गोरखनाथ र चार कुनामा गणेशका नयाँ मूर्ति राखेर पुनर्निर्माण गरिएको छ । भूकम्पले पुराना मूर्तिहरु टुटफुट भएकाले नयाँ मूर्ति बनाइएको छ । तर नयाँ मूर्ति राख्न लागिएको विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले गत माघ ३ गते नयाँ मूर्ति राख्ने काम तत्काल रोक्न अन्तरिम आदेश दिएको थियो । उक्त मुद्धाको किनारा नलागेकाले पुनर्निर्माण सम्पन्न भएपनि पुनर्निर्माण पक्षले उद्घाट्न नभनी लोकार्पण भनेको बुझिएको छ । पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले लोकार्पण मूर्तिसँग नभई काष्ठमण्डपसँग सम्बन्धित भएकाले उद्घाट्न गर्न नरोकिने तर्क गर्नुभएको छ । तर काठमाडौं, वडा नम्बर २० का अध्यक्ष राजेन्द्र मानन्धरले आफूलाई काष्ठमण्डप ‘लोकार्पण’ बारे औपचारिक जानकारी नआएको बताउनुभएको छ । काष्ठमण्डप पुनर्निर्माण गर्न काठमाडौँ महानगरले ११ करोड ५० लाख रुपैयाँ अनुदान दिएको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…