SamwadKhabar logo

               

संघीय खबर

राष्ट्रहित र जनहितको काममा कोही पनि विभाजित हुनु हुदैनः मन्त्री श्रेष्ठ

संवाद खबर

संवाद खबर

राष्ट्रहित र जनहितको काममा कोही पनि विभाजित हुनु हुदैनः  मन्त्री श्रेष्ठ
चैत २२, काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरु स्थापनाको उदेश्य, मर्म र भावना अनुसार सञ्चालन हुनु पर्नेमा जोड दिनुभएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नं. १० मा मल्टि च्याम्बर कोल्ड स्टोरको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भएअनुसार सहकारीलाई कृषिसँग जोड्दै उत्पादन र उत्पादकत्व बढाएर स्वाधिन अर्थतन्त्रको विकास गर्नेगरी बजेटमार्फत विशेष योजना ल्याउने तयारी भइरहेको जानकारी दिन्भयो । मन्त्री श्रेष्ठले जग्गाको चक्लावन्दी गरेर उत्पादन र उत्पादकत्व बृद्धि गर्ने गरी भू–उपयोग नियमावली निर्माणको काम अन्तिम चरणमा पुगेको र छिट्टै आउने बताउदै यसबाट कृषियोग्य जमिनमा भइरहेको खण्डिकरण रोक्न मद्दत पुग्ने विश्वास समेत व्यक्त गर्नु भयो । संविधान, ऐन नियम र नियमावलीहरु बनेपनि त्यसको कार्यान्वयन हुन नसकेका कारण भूमि सम्बन्धी समस्या हालसम्म पनि समाधान हुन नसकेको भन्र्दै आफूले जग्गासम्बन्धी समस्या दिगो रुपमा गर्न खोजीरहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान, ऐन नियम बनाएर र ठूलाठूला भाषण गरेर मात्रै विकास काम नहुने रैछ त्यो हामीले देखिसकेका छौ, त्यसका लागि अहिले नागरिकले अनुभुति गर्ने गरी काम गर्न शुरु भइसकेको छ, संविधान कार्यान्वयन र भूमि सम्बन्धी समस्या समाधानको काम पहिलो प्राथमिकतामा राखिएको छ, २०२१ सालयता नापी भएर पनि लालपूर्जा पाउन नसकिरहेका गाउँब्लकका नागरिक र भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने अभियान नै शुरु गरि सकेका छौ, भूमिहिन दलितलाई ललापूर्जा वितरणको काम सिन्धुलीको मुसहर बस्तीबाटबाट शुरु ग¥यौ, अब फेरीपनि भूमि सम्बन्धी समस्या समाधानका लागि भन्दै आयोग र समिति गठन गरिरहन नपर्ने गरी योजनाबद्ध रुपमा नै काम शुरु गरिसकेका छौ, यसमा सबैको साथ र सहयोग आवश्यक छ ।” मन्त्री श्रेष्ठले राष्ट्रहित र जनहितमा आफूले शुरु गरेको कामको पक्ष र विपक्षमा तर्क बितर्क शुरु भइसको भन्दै राष्ट्रहित र मुलुकको समृद्धिको काममा कोहीपनि विभाजित हुन नहुने पनि बताउनुभयो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…