SamwadKhabar logo

               

संघीय खबर

सेनाले सशस्त्र प्रहरीलाई दियो इन्सास राइफलसहित ५९० थान हतियार

संवाद खबर

संवाद खबर

सेनाले सशस्त्र प्रहरीलाई दियो इन्सास राइफलसहित ५९० थान हतियार
चैत २८, काठमाडौँ । नेपाली सेनाले सशस्त्र प्रहरी बल नेपाललाई पाँच सय ९० थान हतियार तथा एम्युनिशन उपलब्ध गराएको छ। आइतबार सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले हतियार हस्तान्तरण गर्नुभएको हो। इन्सास राइफल ५०० नाल र लाइट सपोर्ट वेपन (एलएसडब्लु) ९० नाल एवं सोको एम्युनिशनसहित सामग्री सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई हस्तान्तरण गर्नुभएको हो। सशस्त्रलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्तिको सुरक्षा, कार्यालय सुरक्षा तथा ठूला कार्यक्रम सञ्चालनका लागि ती हतियार उपलब्ध गराइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। मन्त्रिपरिषद्को यही चैत २४ गते बसेको बैठकमा सेनाद्वारा सहयोगस्वरुप सशस्त्र प्रहरीलाई इन्सास राइफल नौ हजार नाल र एलएसडब्लु एक हजार ६०० नाल हतियार उपलब्ध गराउने निर्णय भएको थियो। सोहीअनुरुप सेनाले आइतबार ती हतियार हस्तान्तरण गरेको र बाँकी हतियार तथा एम्युनिशन क्रमशः हस्तान्तरण गर्दै जाने सेनाले जानकारी दिएको छ। ती हतिरयारबाट सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धि हुनाका साथै सुरक्षा निकायबीच सम्बन्धसमेत थप सुमधुर हुने सेनाले विश्वास लिएको छ। हस्तान्तरण समारोहमा रक्षा मन्त्रालयका सचिव किरणराज अर्याल र गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे, बलाधिकृत रथी बालकृष्ण कार्की, बलाध्यक्ष रथी सरोज प्रताप राणा, व्यवस्था, नीति तथा योजना विभाग प्रमुख उपरथी अशोकराज सिग्देललगायत उपस्थित हुनुहुन्थ्यो।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…