SamwadKhabar logo

               

संघीय खबर

निर्वाचन सम्पन्न गर्न कमी रहँदैनः आयुक्त तुलाधर

संवाद खबर

संवाद खबर

निर्वाचन सम्पन्न गर्न कमी रहँदैनः आयुक्त  तुलाधर
चैत ३०, राँझा । निर्वाचन आयोगका आयुक्त जानकीकुमारी तुलाधरले स्थानीय तह निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न स्रोत साधनको कमी नरहने बताएकी छन् । नेपालगञ्जमा आयोजित स्थानीय तह निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अनुभव र कार्यशैलीले निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् । उनले भनिन्, “निर्वाचनमा खटिएका सबै कर्मचारीको बुझाइ साझा र एकरुपता हुनुपर्छ । स्थानीय तहको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न कुनै पनि कुराको कमी नराखीकन गर्ने दायित्व र जिम्मेवारी रहेको छ ।” उनले भनिन्, “निर्वाचनको व्यवस्थापनको कुरा गर्दा निर्वाचनको दिनमात्रै नभएर निर्वाचनको समग्र मतदान केन्द्र, मतदानस्थल, मतगणना, जनशक्ति व्यवस्थापनलगायतका आम मतदाताले सहजरुपमा मतदान गर्ने वातावरण बनाउनुपर्ने जिम्मेवारी र दायित्व पनि छ ।” निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सबैसँग समन्वय र सहकार्य गर्दै सबैले आ–आफ्नो जिम्मेवारी र दायित्वमा एकरुपता लिन कार्यक्रमले सहयोग पु¥याउने आयोगको अपेक्षा रहेको उनको भनाइ छ । कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव राजकुमार श्रेष्ठले कर्णाली जिल्लाको १० जिल्ला र लुम्बिनी प्रदेशको दाङ, बाँके र बर्दिया जिल्ला गरी १३ वटा जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, १३ वटै जिल्लाका जिल्ला निर्वाचन अधिकारीको सहभागिता रहेको जानकारी दिए । उनले निर्वाचन सम्पन्न गर्न धेरै कुराको विचार गर्नुपर्ने अवस्था आउने भएकाले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत चुस्त दुरुस्त हुनुपर्ने बताए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…