SamwadKhabar logo

               

संघीय खबर

लिखत रजिष्ट्रेशन प्रारम्भ भएको शतवार्षिकी आजदेखि तीन दिनसम्म

संवाद खबर

संवाद खबर

लिखत रजिष्ट्रेशन प्रारम्भ भएको शतवार्षिकी आजदेखि तीन दिनसम्म
चैत ३०, काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिखत रजिष्ट्रेशन प्रारम्भ भएको शतवार्षिकी आजदेखि तीन दिनसम्म विशेष कार्यक्रम गरी मनाउदै छ । वि.सं. १९७९ साल बैशाख १ गतेबाट शुरु भएको लिखत रजिष्ट्रेशन पारित भएको औपचारिक रुपमा एक सय वर्ष पुरा भएको अवसरमा भोली विशेष कार्यक्रमको आयोजना गरिएको छ । शतवार्षिकीका अवसरमा २०७८ साल चैत्र ३० गतेदेखि २०७९ साल बैशाख २ गतेसम्म मन्त्रालय, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभाग अन्र्तगत सबै भूमिसुधार÷मालपोत कार्यालयहरु र नापी कार्यालयहरुमा विशेष कार्यक्रम गरी मनाइदै छ । कार्यक्रमबारे जानकारी दिन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले संविधानमा व्यवस्था भएअनुसार भूमिहिन दलितहरुलाई लालपूर्जा वितरणलाई विशेष प्राथमिकतामा राखेर सिन्धुलीको दुधौलीमा रहेका मुुसहरबस्तीबाट लालपूर्जा वितरणको काम शुरु गरिएको जानकारी दिनुभयो । मन्त्री श्रेष्ठले नयाँ वर्षको दिनमा मनाउन लागिएको शतवार्षिकी तथा नयाँ वर्षले भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधान गरी संविधानमा व्यवस्था भए अनुसार नागरिकको हक प्रप्तीको अभियान सफल हुने विश्वास र शुभकामना समेत व्यक्त गर्नुभयो । लिखत रजिष्ट्रेशन प्रारम्भ भएको शतवार्षिकीको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा भोली अपराह्न ४ वजे राष्ट्रिय सभागृहमा विशेष समारोहको आयोजना गरिएको छ ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…