SamwadKhabar logo

               

संघीय खबर

घोषणापत्रमा बालबालिकाको सवाल समावेश गर्न आग्रह

संवाद खबर

संवाद खबर

घोषणापत्रमा बालबालिकाको सवाल समावेश गर्न आग्रह
चैत ३०, काठमाडौं । वैशाख ३० गतेका लागि घोषित स्थानीय निकायको निर्वाचन घोषणापत्रमा बालबालिकाका सवाललाई समावेश गर्न बुधबार राजधानीमा भएको एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । कन्सोटियन नेपालले राजनीतिक दलहरूका प्रतिनिधि र बालबालिकासँगको अन्तरसम्वाद कार्यक्रममा सहभागी बालबालिकाले निर्वाचनमा आफ्ना सवाल समावेश गरिदिन राजनीतिक दलसँग आग्रह गरे । साथै उनीहरूले निर्वाचनमा बालबालिकाको दुरुपयोग नगर्न आग्रह गरे । त्यसका लागि बालबालिकाको प्रयोगबारे अनुगमन गर्न, निर्वाचन अभियानमा नागरिक समाजको सक्रियता, जनचेतना एवं अभिमुखीकरणको काम गर्न, चुनाव प्रचार९प्रसार, विजय जुलुश आदि जस्ता कार्यमा बालबालिकालाई सहभागी नगराउन आग्रह गरे । कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिले बालबालिकाहरूले उठाएको माग आआफ्नो राजनीतिक दलको घोषणापत्रमा राख्ने प्रतिबद्धता जनाए । कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य उर्मिला कार्की, नेपाली कांग्रेस घोषणापत्र तयारी समितिका सदस्य बंशलाल तामांग, नेकपा माओवादी केन्द्रका डिल्लीराम आचार्य, जनता समाजवाद पार्टीका केन्द्रीय सदस्य दुर्गा सोवलगायतले बालबालिकाको दुरुपयोग नगर्ने र बालबालिकाका सवाल आआफ्नो घोषणापत्रमा राख्ने प्रतिबद्धताका जनाए । निर्वाचनमा बालबालिकाका विषयः बालबालिकाकै नेतृत्वमा भन्ने मूल अभियान कार्यक्रम आयोजक कन्सोटियन नेपालले गर्दै आएको अध्यक्ष मोहन दंगालले बताए । कार्यक्रममा देशभरका बालबालिका सहभागी थिए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…