SamwadKhabar logo

समाज

राष्ट्रिय खानेपानी नीति तयार गर्न सुझाव सङ्कलन

देवराज रिजाल

देवराज रिजाल

राष्ट्रिय खानेपानी नीति तयार गर्न सुझाव सङ्कलन
४ बैशाख, काठमाडौँ । खानेपानी मन्त्रालयले राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति तयार गरि नीतिको मस्यौदाका लागि पनि सुझाव सङ्कलन गरिरहेको छ । नीतिमा विपन्न र पिछडिएका वर्गसम्म शुद्ध, स्वच्छ र सुरक्षित पानी कसरी पु¥याउने भन्नेबारे स्पष्ट व्यवस्था तथा विधि तय गरिने खानेपानीमन्त्री उमाकान्त चौधरीले बताउनुभयो । उहाँले सहरी क्षेत्रमा बढ्दै गएको जनघनत्व र जलवायु परिवर्तनबाट खानेपानीका मुहानमा परेको प्रभाव चुनौतीपूर्ण बन्दै गएको बताउँदै भन्नुभयो, “पहाडका मुहान सुक्ने र तराईमा पानीको सतह घट्ने क्रम जारी छ । यसको प्रभावलाई कसरी कम गर्ने भन्नेबारे नीतिले मार्ग निर्देश गर्नेछ ।” मन्त्री चौधरीले खानेपानी मौलिक हकका रूपमा व्यवस्था गरिएकाले न्यूनतम खपतलाई निःशुल्क गर्ने तयारी भइरहेको समेत जानकारी दिनुभयो । मन्त्रालयले खानेपानी नीतिमै गरिब, निमुखा, दलित र विपन्न परिवारलाई समेत कसरी सर्वसुलभ रूपमा शुद्ध खानेपानी पु¥याउने भन्नेबारे अध्ययन भइरहेको जनाएको छ । मन्त्रालयले तयार पारेको नीतिको मस्यौदामा शुद्ध र सुरक्षित खानेपानीको व्यस्थालाई सुनिश्चित गर्न कम्तीमा प्रत्येक स्थानीय तहमा पानीको गुणस्तर परीक्षण गर्ने उल्लेख छ । साथै खानेपानीका मुहानलाई प्रदूषणमुक्त गराउन सार्वजनिक शौचालय तथा ढल विस्तारलाई प्राथमिकता राख्ने जनाएको छ । खानेपानी आयोजना सञ्चालन गर्दा १० देखि ३० प्रतिशत जनश्रमदान अनिवार्य गर्ने प्रावधानका कारण कतिपय महìवपूर्ण आयोजना वर्षौंदेखि अलपत्र बनेको भन्दै मन्त्रालयले जनश्रमदानको व्यवस्था हटाउन लागेको छ । पहाड र हिमालमा बढ्दै गएको बसाइँसराइका कारण जनसङ्ख्या कम भएका स्थानमा आयोजना सञ्चालन हुन नसक्ने अवस्था आउन सक्ने भन्दै मन्त्रालयले यसलाई परिमार्जन  लागेको हो । खानेपानीको वितरणलाई प्रभावकारी बनाउन उपभोक्ता समितिलाई साधन, स्रोतसहित अधिकार सम्पन्न बनाउने तथा खानेपानीको सहज वितरणका लागि निःशुल्क विद्युत् तथा सौर्य ऊर्जाको प्रयोग बढाउने लक्ष्य मन्त्रालयले लिएको छ । मन्त्रालयको तथ्याङ्कअनुसार हालसम्म ९४ प्रतिशत जनतासम्म आधारभूत खानेपानी सेवाको पहुँच पुगेको छ ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि