SamwadKhabar logo

               

संघीय खबर

राष्ट्रिय खानेपानी नीति तयार गरिँदै

संवाद खबर

संवाद खबर

राष्ट्रिय खानेपानी नीति तयार गरिँदै
वैशाख ४, काठमाडौँ । खानेपानी मन्त्रालयले राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति तयार गर्ने भएको छ । मन्त्रालयले तयार गरेको नीतिको मस्यौदाका लागि सुझाव सङ्कलन गरिरहेको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले सो नीतिमा विपन्न र पिछडिएका वर्गसम्म शुद्ध, स्वच्छ र सुरक्षित पानी कसरी पु¥याउने भन्नेबारे स्पष्ट व्यवस्था तथा विधि तय गरिने बताउनुभयो । उहाँले सहरी क्षेत्रमा बढ्दै गएको जनघनत्व र जलवायु परिवर्तनबाट खानेपानीका मुहानमा परेको प्रभाव चुनौतीपूर्ण बन्दै गएको बताउँदै भन्नुभयो, “पहाडका मुहान सुक्ने र तराईमा पानीको सतह घट्ने क्रम जारी छ । यसको प्रभावलाई कसरी कम गर्ने भन्नेबारे नीतिले मार्ग निर्देश गर्नेछ ।” मन्त्री चौधरीले खानेपानी मौलिक हकका रूपमा व्यवस्था गरिएकाले न्यूनतम खपतलाई निःशुल्क गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । मन्त्रालयले खानेपानी नीतिमै गरिब, निमुखा, दलित र विपन्न परिवारलाई कसरी सर्वसुलभ रूपमा शुद्ध खानेपानी पु¥याउने भन्नेबारे अध्ययन भइरहेको जनाएको छ । खानेपानी आयोजना सञ्चालन गर्दा १० देखि ३० प्रतिशत जनश्रमदान अनिवार्य गर्ने प्रावधानका कारण कतिपय महत्वपूर्ण आयोजना वर्षौंदेखि अलपत्र बनेको भन्दै मन्त्रालयले जनश्रमदानको व्यवस्था हटाउन लागेको छ । मन्त्रालयले जनसङ्ख्यामा आधारित रहेर सञ्चालन हुने गरेको मापदण्डलाई परिमार्जन गर्ने तयारी गरेको छ । जसअनुसार तराई र उपत्यकामा १५ हजार, पहाडमा पाँच हजार तथा हिमाली क्षेत्रमा एक हजार जनसङ्ख्या रहेको स्थानमा मात्र आयोजना हुँदै आएका थिए । पहाड र हिमालमा बढ्दै गएको बसाइँसराइका कारण जनसङ्ख्या कम भएका स्थानमा आयोजना सञ्चालन हुन नसक्ने अवस्था आउन सक्ने भन्दै मन्त्रालयले यसलाई परिमार्जन गर्न लागेको हो । मन्त्रालयले तयार पारेको नीतिको मस्यौदामा शुद्ध र सुरक्षित खानेपानीको व्यस्थालाई सुनिश्चित गर्न कम्तीमा प्रत्येक स्थानीय तहमा पानीको गुणस्तर परीक्षण गर्ने उल्लेख छ । साथै खानेपानीका मुहानलाई प्रदूषणमुक्त गराउन सार्वजनिक शौचालय तथा ढल विस्तारलाई प्राथमिकता राख्ने जनाएको छ । खानेपानीको वितरणलाई प्रभावकारी बनाउन उपभोक्ता समितिलाई साधन, स्रोतसहित अधिकार सम्पन्न बनाउने तथा खानेपानीको सहज वितरणका लागि निःशुल्क विद्युत् तथा सौर्य ऊर्जाको प्रयोग बढाउने लक्ष्य मन्त्रालयले लिएको छ । मन्त्रालयको तथ्याङ्कअनुसार हालसम्म ९४ प्रतिशत जनतासम्म आधारभूत खानेपानी सेवाको पहुँच पुगेको छ ।

ताजा

सबै

सुर्खेत–दैलेखको सिमानामा गाडी दुर्घटना हुँदा ४ को मृत्यु, २५ घाइते

२३ कार्तिक, काठमाडौंं । सुर्खेतदैलेखको सिमानामा फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको म…

बेतका फर्निचरबाट मासिक ५० हजार कमाउँछन् राजकुमार श्रेष्ठ

२३ कार्तिक, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका७ का ६२ वर्षीय राजकुमार श्रेष्ठ…

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम अनुमोदन

२३ कार्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित…

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

२३ कार्तिक, काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषय…

लोकप्रिय

सबै

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि सुरु

२१ कार्तिक, काठमाडौं । तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुने …

माकलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२० कार्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका८ माकलबारीमा स्कुटर दुर्घटना …

२४ वर्षपछि बागलुङको निरयघाटमा हरिबोधिनी एकादशी मेला लाग्ने

२२ कार्तिक, काठमाडौं । बागलुङको निरयघाटस्थित कालीगण्डकी किनारामा २४ वर्षसम्म रोकिएको…

काठमाडौंमा एमालेद्वारा उम्मेदवार सार्वजनिक

२२ कार्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मंसिर १६ गते हुने स्थानीय त…

यो पनि

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…