SamwadKhabar logo

               

विविध

बन्द गरिँदै गिद्ध प्रजनन केन्द्र

देवराज रिजाल

देवराज रिजाल

बन्द गरिँदै गिद्ध प्रजनन केन्द्र
४ बैशाख, काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा रहेको गिद्ध प्रजनन केन्द्र बन्द गर्न लागिएको छ । प्रकृतिमा गिद्धको सङ्ख्या बढ्दै गएको र केन्द्रमा प्रजनन प्रभावकारी हुन नसकेपछि केन्द्र बन्द गर्न लागिएको हो । सन् २००८ मा निकुञ्जमा केन्द्र स्थापना गरिएको थियो । अण्डा र गिद्ध ल्याएर सुरु गरिएको केन्द्रमा हालसम्म १८ वटा बच्चा कोरलेर हुर्किएका छन् । चौध वर्षको अवधिमा सरकारको लगानीको तुलनामा प्रतिफल कम देखिएपछि प्रकृतिमा रहेका गिद्धलाई केन्द्रित गरेर जटायु रेस्टुरेन्टमार्फत कार्यक्रम गर्न लागिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार हाल प्रजनन केन्द्रमा १० गिद्ध मात्र छन् । केही समयअघि त्यहाँका १० वटा गिद्धलाई नवलपरासीको पिठौलीमा रहेको जटायु रेस्टुरेन्टमा लगिएको छ । ती गिद्धलाई केही महिना त्यहीको खोरमा राखेपछि प्रकृतिमा छाडिनेछ । आचार्यका अनुसार ती गिद्ध छाडेपछि यहाँका १० गिद्धलाई लगिने कार्यक्रम छ । यससँगै कसरामा १४ वर्षदेखि सञ्चालन हुँदै आएको प्रजनन् केन्द्र बन्द हुने उनले बताए । आगामी साउन महिनासम्ममा प्रजनन् केन्द्र बन्द हुनेछ । अघिल्ला तीन वर्ष गिद्धले अण्डा पारेको भए पनि बच्चा कोरल्न सकेको छैन । कृत्रिमरुपमा गरिएको प्रजनन्भन्दा प्राकृतिकरुपमा प्रभावकारी देखिएपछि प्रकृतिमा नै संरक्षणमा जोड दिइएको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार सन् २००८ बाट कसरामा गिद्ध प्रजनन केन्द्र स्थापना गरी संरक्षण गर्न थालिएको हो । त्यसयता सन् २०१४ बाट प्रजनन केन्द्रमा गिद्धले अण्डा पार्न सुरु गरेको हो । पहिलो वर्ष पाँच अण्डाबाट एउटा मात्रै बच्चा कोरलिएको थियो । उनका अनुसार सन् २०१५ मा सात अण्डाबाट एउटा पनि बच्चा कोरिलिएन । यस्तै सन् २०१६ मा १५ वटा अण्डाबाट नौ वटा बच्चा कोरलिएको भए पनि एउटा मरेको थियो । सन् २०१७ मा २१ अण्डाबाट छ बच्चा कोरलिएको थियो । सन् २०१८ मा २० अण्डाबाट दुई बच्चा कोरलिएकामा त्यसयता बच्चा कोरल्न सकेको छैन । सन् २०१९ मा १९ र २० मा १४ अण्डा पारे पनि बच्चा कोरल्न सफल नभएको उनले जानकारी दिए । गत वर्ष १२ वटा अण्डा पारेको भए पनि बच्चा कोरल्न सकेन । बाहिरबाट ल्याएर हुर्काइएका गिद्ध र केन्द्रमा नै अण्डा पारेर बच्चा कोरलेर हुर्काइएका गरी ४९ वटा गिद्ध प्रकृतिमा छाडिसकिएको छ । सन् २०१७ बाट प्रकृतिमा गिद्ध छोड्न सुरु गरिएको हो । पहिलो वर्ष छ गिद्ध छाडिएको थियो । सन् २०१८ मा १२, २०१९ मा १३ र यस वर्ष १८ वटा गिद्ध प्रकृतिमा छाडिएको छ । प्रकृतिमा छाड्नका लागि नवलपरासीको जटायु रेस्टुरेन्टमा जालीमा लगेर राख्ने गरिन्छ । प्रकृतिमा रहेका गिद्धसँग घुलमिल गराएर छोड्ने गरिन्छ । जटायु रेस्टुरेन्टमा प्रकृतिमा रहेका गिद्ध सँगसँगै खाने र उनीहरुको आनीबानी हेर्न मिल्नेगरी राखिएको हुन्छ । हाल प्रजनन् केन्द्रमा पाँच भाले र पाँच पोथी गिद्ध रहेका छन् । पाँच भाले र पाँच पोथी प्रकृतिमा छोड्नका लागि जटायु रेष्टुरेन्टमा लगिएको छ । निकुञ्ज विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले पछिल्ला वर्षमा प्रकृतिमा रहेका गिद्धको प्रजनन राम्रो र सङ्ख्या बढ्दै गएकाले प्रजनन केन्द्रमा संरक्षण गरी हुर्काउनुभन्दा प्रकृतिमा नै संरक्षणमा जोड दिइएको बताउनुभयो । उनका अनुसार जटायु रेस्टुरेन्टलाई व्यवस्थित गरेर प्रकृतिमा रहेका गिद्धको संरक्षणमा विभाग लागेको छ । नेपालले विश्वमा नै पहिलो पटक प्रकृतिमा लोप हुन लागेको गिद्ध खोरमा हुर्काएर प्रकृतिमा छाड्ने काम गरेको हो । हाल नवलपरासीसँगै दाङ, कैलाली र कोशीटप्पुमा जटायु रेस्टुरेन्टमार्फत गिद्धको संरक्षण गरिँदै आएको छ । यसबाट परिस्थितीय प्रणालीको जगेर्नामा टेवा पुग्ने विश्वास लिइएको छ । मुख्यरुपमा पशु बिरामी पर्दा नदुख्नका लागि प्रयोग गरिने ‘डाइक्लोफिनाक’ नामक औषधि प्रयोग गरेपछि मरेको पशुको मासु खाँदा गिद्ध मरेको संरक्षणकर्मी बताउँछन् । सन् २००४ मा पाकिस्तानमा डाइक्लोफिनाक औषधि प्रयोग गरेका पशुको मासु खाएका कारण गिद्ध मरेको तथ्य पत्ता लागेको थियो । रासस

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि कास्कीबाट रुपन्देही पठाइयो

पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि कास्कीबाट रुपन्देही पठाइयो

५ कार्तिक, काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहनुभएको नेपाल प्रहरीका प…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…

रास्वपाले आज पनि पोखरामा विरोध प्रदर्शन गर्ने

रास्वपाले आज पनि पोखरामा विरोध प्रदर्शन गर्ने

५ कार्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पार्टीका सभापति रवि ला…