SamwadKhabar logo

               

संघीय खबर

मेलम्चीको पानी काठमाडौंका धारामा ११ गतेदेखि आउँछः खानेपानी मन्त्री  

संवाद खबर

संवाद खबर

मेलम्चीको पानी काठमाडौंका धारामा ११ गतेदेखि आउँछः  खानेपानी मन्त्री  
वैशाख ६, ललितपुर । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी बैशाख ११ गतेदेखि काठमाडौं उपत्यकाका घर घरको धारामा आउने भएकाले वितरणको तयारीमा जुट्न सम्वन्धित निकायलाई आग्रह गर्नु भएको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १७औं वार्षिकोत्सवको अवसरमा सोमबार वोर्डको कार्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै मन्त्री चौधरीले मेलम्चीको पानी उपभोग गर्ने काठमाडौं उपत्यकावासीको चाहना आगामी आइतबारबाट पुरा हुने बताउनु भएको हो । ‘काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) र आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीको पानी समानुपातिक ढंगले उपत्यकाका सबै क्षेत्रमा वितरण गर्नको लागि पाईपलाईनको परिक्षण र चुहावटद नियन्त्रणको लागि विशेष पहल गर्नु पर्छ’, मन्त्री चौधरीले भन्नुभयो, ‘मेलम्चीको बैकल्पिक श्रोतको रुपमा सिस्नेरी र ठोस्नेबाट पानी वितरण गर्न सकिने विषयमा अध्ययन भईरहेको छ ।’ खानेपानी सचिव सुरेश आचार्यले काठमाडौं उपत्यकामा शुद्ध खानेपानीको व्यवस्था गर्न जलाधार संरक्षण, मुहान संरक्षण र पानीको बैकल्पिक श्रोतको खोजी गर्ने विषयमा बोर्डले अझ प्रभावकारी काम गर्न सकोस भनी शुभकामना दिनु भयो । बोर्डका कार्यकारी निर्देशक संजिव राणाले शुद्ध खानेपानीको अभावलाई पुरा गर्न बोर्डले राजधानीका १६ वटा सार्वजनिक स्थलहरुमा ‘वाटर एटिम’को व्यवस्था गरेको जानकारी दिनुभयो । सो अवसरमा मन्त्री चौधरीले बोर्डको कार्यालयमा स्थापना भएको ‘वार रुम’को उद्घाटन गर्नु भयो । बोर्डले उपत्यकाका काठमाडौंमा १०, ललितपुरमा ५ र भक्तपुरको १ सार्वजनिक स्थलमा वाटर एटिएमको व्यवस्था गरेको छ । वाटर एटिएमको अवस्था बुझ्न र सेवा प्रभावकारी रुपमा संचालन गर्न बोर्डको कार्यालयबाटै २४संै घण्टा निगरानी गर्न मिल्ने बोर्डका बरिष्ठ प्रशासनिक अधिकृत उदय केसीले जानकारी दिनु भयो । काठमाडौं उपत्यकाभित्र खानेपानी तथा ढल निकास सेवालाई व्यवस्थित एवम् नियमित गर्दै गुणस्तरीय खानेपानी तथा सरसफाई सेवा सर्वशुलभ ढंगले प्रवाह गर्ने उद्देश्यले २०६३ वैशाख ५ गते स्थापना भएको हो । बोर्डले काठमाडौ उपत्यका भित्र खानेपानी, ढल निकास सेवाका अतिरिक्त भूमिगत श्रोतको पानीको व्यवसायीक उपयोग एवम् ट्यांकर सेवा संचालनलाई कानूनी दायरामा ल्याई व्यवस्थित रुपमा संचलन गरिरहेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…