SamwadKhabar logo

               

राजनीति

उम्मेदवारीमा महिलाको हक मारिएको भन्दै प्रदर्शन

देवराज रिजाल

देवराज रिजाल

उम्मेदवारीमा महिलाको हक मारिएको भन्दै प्रदर्शन
११ बैशाख, काठमाडौँ महिला प्रतिनिधित्व पनि बीरगंज महानगरपालिकाको प्रमुख वा उप प्रमुख तथा वडा अध्यक्क्ष तथा सदस्यमा हुनु पर्दछ भन्ने माग राख्दै आज विभिन्न पार्टीका व्यक्तित्वहरुको उपस्थितिमा पार्टीका नेतागणलाई दबाव दिन आज घन्टाघर देखि जुलुस बीरगंजमा प्रर्दशन गरेका छन । बिभिन्न राजनीतिक दलमा आबद्ध महिला नेता तथा र कार्यकर्ताहरुले वीरगन्जमा शनिबार विरोध जुलुश निकालेरै प्रदर्शन गरे। घण्टाघरबाट सुरु भएको विरोध जुलुश नगरभित्र परिक्रमापछि पुनः घण्टाघर चोकमैं आएर कोणसभामा परिणत भएको थियो। प्रदर्शनका सहभागीहरूले ुमहिलाको सहभागिता सुनिश्चित गर, गठबन्धनको नाममा संविधान मिच्न पाइँदैन, गठबन्धनको नाममा महिलाको अधिकार खोस्न पाइँदैनु जस्ता नारा लगाएका थिए। ‘महिलालाई कुनै पनि पदमा उम्मेदवार नबनाउँदा यसले संविधानप्रदत महिलको हक अधिकार मिचिएको छ,’ कोणसभालाई सम्बोधन गर्दै काँग्रेस नेतृत्व डा। सुष्मा द्विवेदीले भनिन्, ‘चुनावी गठबन्धनमा मेयर र उपमेयर दुवै पदमा पुरुष उम्मेदवारको नाम अगाडि सारिएकोले महिलामाथि अन्याय भइरहेको छ।’ मेयरको टिकट नपाउने भएपछि उपमेयरमा भएपनि पुरुष नेताहरु आफ्नो नाम पठाउन तछारमछार गरेको देख्दा दुःख लागेको उनको भनाई छ। ‘महिलाहरुको हक अधिकारको लागि मञ्चहरुमा ठूलाठूला भाषण दिने पुरुषहरु नत घरको महिलालाई अवसर दिन्छन् नत घर बाहिरको महिलाको ३३ प्रतिशत सहभागी सुनिश्चित हुन दिन्छन्,’ उनले भनिन्, ‘स्थानीय चुनाव र पितृसत्तात्मक सोच र व्यवहार अझ उजागर भएर आएको छ, ५० प्रतिशतभन्दा बढीको जनसंख्यालाई पाखा लगाउने र महिलालाई बाध्यकारी अवस्थामा मात्र अवसर दिने यस्तो प्रवृत्तिको सबैले मिलेर विरोध गर्नु पर्दछ।’ महिला प्रतिनिधित्व पालिकाको प्रमुख वा उपप्रमुख तथा वडा अध्यक्ष तथा सदस्यमा हुनुपर्दछ भन्ने माग राख्दै दबाब दिन प्रदर्शनमा उत्रिनु परेको लोकतान्त्रिक समाजवादी पार्टी कि नेता रम्भा मिश्राले बताइन्। पर्साका पालिकाहरुमा अहिले हरेक दलले महिला वडा सदस्य बाहेक कुनै पनि पदमा महिलालाई उम्मेदवार नबनाउने चलखेल गरिरहेको महिला नेताहरुले दावी गरे। वीरगन्ज महानगरपालिकाकी नगर उपप्रमुख शान्ति कार्की, मुन्नी श्रीवास्तव, रुपा श्रेष्ठ, गुड्डु जोशी, उत्तमा प्याकुरेल लगायतका महिला नेताहरु सहभागी थिए।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन गर्ने

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन गर्ने

६ कार्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन …

गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

५ कार्तिक, काठमाडौं । गण्डकीको वन मन्त्रीमा लमजुङका भेषबहादुर पौडेल नियुक्त हुनुभएको…