SamwadKhabar logo

               

तीर्थ परिचय

‘श्रीयन्त्र’ नेपालको सांस्कृतिक प्रतीक

देवराज रिजाल

देवराज रिजाल

‘श्रीयन्त्र’ नेपालको सांस्कृतिक प्रतीक
११ बैशाख, काठमाडौँ राष्ट्रपति विद्यादेवी भण्डारीले वास्तुविज्ञ तथा राष्ट्रिय झन्डाको वर्तमान स्वरूपका ‘डिजाइनर’ शङ्करनाथ रिमालको श्रीयन्त्रमा समेटिएका पक्षहरू पूर्वीय दर्शनका प्रत्यक्ष प्रमाण भएको बताउनुभएको छ ।मुलुकको सांस्कृतिक धरोहर वास्तुकलाका ज्वलन्त नमुना भएको उल्लेख गर्नुहुँदै उहाँले राष्ट्रिय सम्पदाको वास्तु ‘डिजाइनर’ रिमालको गहन अनुसन्धानको फलस्वरूप सिर्जना भएको उक्त कृति समाजका निम्ति महìवपूर्ण दस्तावेज हो भन्नुभयो । राष्ट्रपति भवन शीतल निवासमा शनिबार शशी–शङ्कर कलालयद्वारा आयोजित रिमालको कृति ‘श्रीयन्त्र’ दस्तावेज समर्पण समारोहमा राष्ट्रपति भण्डारीले हिन्दुहरूका आराध्यदेव पशुपतिनाथ, प्रसिद्ध तलेजु भवानीको मन्दिरजस्ता धार्मिक तथा सांस्कृतिक महìवका सम्पदामा श्रीयन्त्रद्वारा विभूषित गर्ने परम्परा भएबाट श्रीयन्त्र मुलुकको सांस्कृतिक प्रतीकका रूपमा रहेको कुरा महसुस गर्न सकिने बताउनुभयो । उहाँले समृद्धिको यात्रामा रहेको मुलुकको भौतिक पूर्वाधार विकास गर्दा त्यसमा मौलिकता झल्काउँदै सुदृढ बनाउनसमेत सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो । रिमालले आफ्नो पुस्तकमा प्राचीन धर्म र आधुनिक इन्जिनियरिङको संयोजन गर्नुभएको आफूले पाएको राष्ट्रपति भण्डारीले बताउनुभयो । “यसले एकातर्फ भौतिक संरचना बलिया हुन्छन् भने अर्कातर्फ हाम्रो विशिष्ट पहिचान विस्तार गर्न सफलता मिल्नेछ, फलस्वरूप जीवनलाई समृद्धितर्फ अग्रसर बनाउन थप मद्दत मिल्ने विश्वास छ,” राष्ट्रपति भण्डारीले भन्नुभयो । उहाँले उक्त कृतिउपर वौद्धिक समुदायमा हुने छलफल र अन्तक्र्रियाले लेखकलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले श्रीयन्त्रको व्याख्या गणितीय रूपमा प्रस्तुत गरिएको पुस्तक अध्ययन अनुसन्धान तथा विश्वविद्यालयका अनुसन्धानकर्ता र जिज्ञासुहरूका लागि सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । पुस्तकबारे टिप्पणी गर्दै एक हजार आठ स्वामी रमणानन्द गिरीले संसार सञ्चालन भएको शिव र शक्तिको समरस्यको प्रतीक श्रीयन्त्र सृष्टि, स्थिति र संहारको मूल स्वरूप भएको अथ्र्याउनुभयो । ऋग्वेददेखि नै श्रीयन्त्रको उपासना हुने गरेको जानकारी दिँदै उहाँले लेखक रिमालले वर्षौं लगाएर श्रीयन्त्रको ज्यामितीय अनुपात निकाल्नुभएकामा खुसी व्यक्त गर्नुभयो ।नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले जगत्का सृष्टिसम्बन्धी साङ्केतिक प्रस्तुति श्रीयन्त्र भएको र यसभित्र नौ त्रिकोण संलग्न भएको जानकारी दिनुभयो । उहाँले जगत्को सृष्टिसम्बन्धी साङ्केतिक प्रस्तुतीकरण नै श्रीयन्त्र भएको र उत्पत्ति नै नेपालबाट भएको बताउनुभयो । नेपालको मन्दिरको निर्माण शैली प्यागोडाका प्रसिद्ध वास्तुविद् लेखक इन्जिनियर रिमाल सफल चित्रकार पनि हुनुहुन्छ । उहाँले विशेष अनुसन्धान गरी श्रीयन्त्रको वृत्त, रेखा, कोण र मर्मस्थानको ज्यामितीय अनुपातको निक्र्योल गर्नुभएको हो । समारोहमा लेखक तथा वास्तुविज्ञ रिमालले पुस्तकरूपी दस्तावेजले श्रीयन्त्रको गणितीय पक्षलाई समेटेको बताउनुभयो । विगतमा यसको संरचना र स्वरूपमा प्रश्न उठ्ने गरेकाले पहिलो पटक आफूले त्यसको व्याख्या गरेको उहाँले जानकारी दिनुभयो । रासस

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

२४ साउन, काठमाडौं ।प्रत्येक वर्ष साउनभर गुल्मीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रेसु…

डहरे देउरालीमा भेटिए भैरव (भिडियो सहित)

डहरे देउरालीमा भेटिए भैरव (भिडियो सहित)

पदम श्रेष्ठ २३ साउन, काठमाडौं । पर्वत र स्याङ्जा जिल्लाको संगम विन्दुमा रहेको डहरे देउ…

धार्मिक पर्यटकीयस्थल बन्दै विष्णुपादुका मन्दिर

धार्मिक पर्यटकीयस्थल बन्दै विष्णुपादुका मन्दिर

२१ असार, काठमाडौं । धरान उपमहानगरपालिका२० स्थित विष्णुपादुका मन्दिर धार्मिक आस्थाको …

पलाञ्चोक भगवतीः संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम

पलाञ्चोक भगवतीः संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम

जेठ ८, काठमाडौं । पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा हरेक वर्ष चण्डीपूर्णीमाको अव…