SamwadKhabar logo

               

मनोरञ्जन

सरकारले विदेशी फिल्मलाई कर बढाउने, डब फिल्मबारे तत्काल निर्णय नहुने

देवराज रिजाल

देवराज रिजाल

सरकारले विदेशी फिल्मलाई कर बढाउने, डब फिल्मबारे तत्काल निर्णय नहुने
१२ बैशाख, काठमाडौँ । तालुक निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी बजेटमार्फत विदेशी फिल्मको प्रदर्शनमा केही कडाइ गर्ने तयारी गरेको हो । मन्त्रालयका प्रवक्ता विनोदप्रकाश सिंहका अनुसार नेपाली सिनेमालाई प्रवद्र्धन गर्न पनि आगामी बजेटमा यसबारे केही न केही गर्नैपर्ने तयारीमा सरकार छ । यसबारे हामीले गृहकार्य गरिरहेका छौं उहाँले भन्नुभयो । विदेशी फिल्मलाई कर वृद्धि र स्वदेशी फिल्मलाई कर छुटमार्फत सम्बोधन गर्न सरकारले तयारी गरिरहेको बुझिएको छ । ‘विदेशीलाई कर बढाएर हुन्छ वा नेपालीलाई घटाएर हुन्छ । यसबारे हामी काम गरिरहेका छौं,’ प्रवक्ता सिंहले बताउनुभयो । पछिल्लो समय नेपाली फिल्म बजारमा दक्षिण भारतीय फिल्मको दबदबा बढेको र प्रदर्शक तथा वितरकको पेलानमा परेको भन्दै गुनासो आएपछि मन्त्रालयले सक्रियता देखाएको हो । गत साता चलचित्र विकास बोर्डले विदेशी फिल्मलाई कडाइ गर्नेबारे केही सुझाव मन्त्रालयलाई दिएको थियो ।आइतबार पनि बोर्ड अध्यक्ष दयाराम दाहाल मन्त्रालयका अधिकारीहरुसँग यिनै विषयमा छलफल गर्न व्यस्त देखिनुहुन्थ्यो । साथै, बोर्डले डब फिल्मको रिलिज रोक्न मन्त्रालयलाई आग्रह पनि गरिसकेको छ । तर प्रवक्ता सिंहले भने डब फिल्मलाई रोक्नेबारे तत्काल कुनै निर्णय नहुने स्पष्ट पार्नुभयो ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

१९ भाद्र, काठमाडौं । सरकारले सर्वसाधारणका लागि असोज ३ गतेदेखि धरहरा खुला गर्ने तया…

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

१२ भाद्र, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज चालु आर्थिक वर्षदेखि अनलाइन भुक्तानी प्रणा…

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

२६ असार, काठमाडौं । मंगलवारदेखि मनाङमा यार्तुङ मेलाको रौनक सुरु भएको छ । यार्तुङ …