SamwadKhabar logo

               

संघीय खबर

चुनावी तालमेलले बदर मत बढ्ने खतराः ५६ लहरसम्मका मतपत्र

संवाद खबर

संवाद खबर

चुनावी तालमेलले बदर मत बढ्ने खतराः ५६ लहरसम्मका मतपत्र
वैशाख १३, काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि देशभरका स्थानीय तहमा मनोनयन सकिएको छ । निर्वाचन आयोगले मनोनयनको अद्यावधिक जारी रहेको जनाएको छ । विशेषगरेर निर्वाचनमा सत्तारुढ र विपक्षी दलका दुई गठबन्धन रहेका छन् । नेपाली कांग्रेस नेतृत्वमा रहेको सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजमो) ले ६ वटा महानगर र ११ उपमहानगरमा चुनावी तालमेल केन्द्रबाटै गरे । त्यतिमात्रै होइन आवश्यकताअनुसार गठबन्धनभित्रैका पार्टीहरुसँग तालमेल गर्न तल्लो तहसम्म निर्देशन दिए । तर कतिपय स्थानीय तहमा गठबन्धनभित्रकै दलहरुबीच पनि प्रतिस्पर्धा हुँदैछ । उता एमाले नेतृत्वमा राप्रपा, राप्रपा नेपाल, लोसपालगायतका राजनीतिक दलको छुट्टै गठबन्धन छ । कतिपय स्थानमा कांग्रेस र एमालेबीच पनि तालमेल भएका छन् । दलहरु गठबन्धनबाट निर्वाचनमा गए पनि निर्वाचनका लागि राष्ट्रिय मान्यताप्राप्त ६ दल, अन्य ७३ दल र स्वतन्त्रको चिह्न राखेर मतपत्र छपाइ भइसकेको छ । उमेदवारी दिएपछि मतपत्र छाप्न, ढुवानी गर्न नभ्याइने भएकाले निर्वाचनका लागि दल दर्ता भएपछि मतपत्र छाप्ने गरिएको छ । आजबाट मतपत्र ढुवानीको काम हुँदैछ । महानगरपालिकाको मतपत्र भने उमेदवारको अन्तिम नामावली प्रकाशनपछि मात्रै छपाइ हुने आयोगले जनाएको छ । मतपत्रमा उमेदवार नै नभएका पार्टीका चुनाव चिह्न रहने भएकाले मतदातालाई भने असहज हुने देखिएको छ । दलहरुबीच चुनावी तालमेलले एक अर्कालाई सहज भए पनि मतदान गर्न अप्ठ्यारो हुने गुनासो गर्न थालेका छन् । गठबन्धनले बदर मत बढ्ने आकलन केही विज्ञको छ । २०७४ को निर्वाचनमा अघिल्लो स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादीबीच तालमेल भएको थियो । जहाँ मेयरमा कांग्रेसको उमेदवार नहुँदा पनि करिब १० हजार मत परेको थियो । त्यस्तै काठमाडौं महानगरपालिकामा एमाले र राप्रपा नेपालबीच गठबन्धन भएको थियो । जहाँ, एमालेको उमपेयर पदमा उमेदवार नहुँदा पनि एमालेको चिह्नमा मत खसेको थियो । फरक–फरक दलमा भोट हाल्दा मतदाता झुक्किन सक्ने र उमेदवार नै नभएको चिह्नमा भोट पर्ने सम्भावना छ । त्यो मत स्वतः बदर हुन्छ । अघिल्लो स्थानीय निर्वाचनमा समग्रमा ३।१८ प्रतिशत मत बदर भएको थियो । अहिले मत बदरको संख्या बढ्न सक्ने आयोगका पदाधिकारी पनि स्वीकार गर्छन् । “यसपटक मतदाता कार्यक्रम पनि सञ्चालनको तयारी छैन । गठबन्धनबाट उमेदवार बनाउने भन्ने सुनिन्छ । फरक–फरक दलका उमेदवारलाई मत दिनुपर्ने हुँदा मतदातालाई झन्झटिलो हुन सक्छ । बदर मत बढ्न सक्छ,” ती पदाधिकारीले भने । माओवादी केन्द्रका नेता गणेश साह गठबन्धनबाट जाँदा मत बदर बढ्न सक्ने सम्भावना रहेको स्वीकार गर्छन् । गठबन्धन दलका नेताहरुले आम मतदातासँग पुगेर बुझाउनुसक्नुपर्ने उनको भनाइ छ । “फरक फरक चिह्नमा मत हाल्नुपर्दा बदरको सम्भावना देखिन्छ । दलहरुले मतदातासँग पुगेर मेहनत गर्नुपर्छ । दलहरुले प्रशिक्षण दिनुपर्छ,” उनी भन्छन्,“गठबन्धनबाट जाँदा केही अप्ठ्यारा र चुनौती आउँछन् ।” निर्वाचनका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले गठबन्धन भन्ने नचिन्ने र दलको उमेदवारलाई आएको मत गणना हुने बताउँछन् । “आयोगले गठबन्धन चिन्दैन । आयोगले राष्ट्रिय मान्यताप्राप्त ६ दल, दर्ता भएका अन्य ६३ गरी ७९ दल आयोगले चिन्छ । ७९ दलले निर्वाचनमा भाग लिन खोजेपछि ७९ दल नै उमेदवार हुन्छन् भन्ने बुझ्छ,” उनले भने, “जिल्लाबाट विवरण लिएर ती दलको उमेदवार तत् जिल्लामा दिने गरी निर्णय गरिएको छ । त्यसो भएकाले मेलमिलापबारे आयोगले चिन्दैन ।” गठबन्धन दलमा साझा चिह्नबाट उमेदवार बनाउने विषयमा पनि छलफल भइरहेको छ । तर, अब साझा चुनाव चिह्न सम्भव नहुने उनले बताए । “आयोगले साझा उमेदवार र चिह्न जान्दैन । आयोगले कुनै दलको उमेदवार हुन्छ । अर्को स्वतन्त्र उमेदवार हुन्छ भन्ने आयोगले जानेको छ,” उनले भने । मतपत्रमा कुन दलको चुनाव चिह्न कति नम्बरमा  ? हाल प्रकाशन भइरहेको मतपत्रमा एमालेको चुनाव चिह्न एक नम्बरमा छ । अघिल्लो निर्वाचनमा समानुपातिक रुपमा धेरै मत ल्याएका आधारमा सूर्य पहिलो नम्बरमा राखिएको आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले जानकारी दिए । त्यस्तै नेपाली कांग्रेसको चुनाव चिह्न दोस्रो, तेस्रोमा नेकपा माओवादी, चौथोमा जनता समाजवादी पार्टी (जसपा) पाँचौँमा लोकतान्त्रिक समाजवादी (लोसपा) र छैटौमा नेकपा एकीकृत समाजवादीको चिह्न रहेको छ । लोसपा र एकीकृत समाजवादीको चिह्न भने दल दर्ताको निवेदन दिएको मितिका आधारमा छुट्याइएको उनले बताए । त्यसपछि अन्य, दल स्वतन्त्रको चिह्न राखिएको छ । १६ देखि ५६ लहरका मतपत्र स्थानीय तहको निर्वाचनमा जिल्लाअनुसार मतपत्र फरक छ । यस निर्वाचनका लागि २३ लहरका ७७ प्रकारका मतपत्र छपाइ भइरहेको छ । जसमा काठमाडौंको मतपत्रमा सबैभन्दा धेरै ५६ लहर र डोल्पाको मतपत्रमा सबैभन्दा कम १६ लहरका मतपत्र रहेको आयोगले जनाएको छ । काठमाडौंमा ४० मनाङ र मुस्ताङमा ५–५ दल मतपत्र सबैभन्दा ठूलो काठमाडौंमा ४० वटा दल सहभागी हुनेछन् । काठमाडौंपछि मोरङको मतपत्र ठूलो हुनेछ । मोरङमा ३३ दलका उमेदवार प्रतिस्पर्धामा हुनेछन् । सुनसरीमा र रुपन्देहीमा ३२, ललितपुरमा ३१, झापामा र ३०, भक्तपुरमा २८ दलका उमेदवार हुनेछन् । सबैभन्दा थोरै मतपत्र मनाङ र मुस्ताङको हुनेछ । यहाँ पाँचवटा दल सहभागी हुनेछन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…