SamwadKhabar logo

               

अर्थ व्यवसाय

तुलसीपुर उपमहानगरपालिकाले बिल नतिरेपछि बिजुली काटियो

संवाद खबर

संवाद खबर

तुलसीपुर उपमहानगरपालिकाले बिल नतिरेपछि बिजुली काटियो
वैशाख १४, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा विद्युत बिहीन भएको छ । कार्यालयको विदुत काटिएको २४ घण्टासम्म पनि विद्युत लाइन जोडने प्रयास भएको छैन । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले १ लाख ६० हजार विद्युत बक्यौता उपमहानगरपालिकाले नतिरेको भन्दै कार्यालयमा जडान गरिएको विद्युत लाइन काटेको जनाएको छ । विद्युत महशुल बुझाउन पटक–पटक ताकेता गर्दापनि कुनै जवाफ नआएपछि मंगलबार विहान उपमहानगरको कार्यालयको विद्यतु लाइन काटिएको विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले जनाएको छ । सडक बत्ती र कार्यालयको गरी विद्युत बक्यौता रकम करीब एक करोड पुग्दा पनि उपमहानगरले विद्युत महशुल बुझाउन कुनै चासो नदेखाएपछि विद्युत लाइन काट्नुपरेको वितरण केन्दका प्रमुख ज्ञान बहादुर फर्सालले बताए । विद्युत महशुल रकम बुझाउन पटक–पटक पत्राचार गर्दा पनि उपमहानगरले कुनै प्रतिकृया नजनाएकाले बाध्य भएर विद्युत लाइन काट्नुपरेको उनले बताए । ‘हामीले पटक–पटक विद्युत महसुल बुझाउन पत्र मार्फत ताकेता गर्दै आएका थियौँ, उनले भने–‘उपमहानगरले कुनै पनि प्रतिकृया नदिएपछि बाध्य भएर विद्युत लाइन काट्नु परेको हो । समयमै महशुल बुझाइदिएको भए हामीलाई लाइन काट्नु पर्ने थिएन’ उनले भने, उपमहानगरपालिकाले कार्यालयको जरीवाना सहित एकलाख ६० हजार बक्यौता छ । जुन ४ महिना देखिको हो ।’ सडकबत्तीको पनि जरीवाना सहित झण्डै एक करोड हुन थालेको फर्सालको भनाइ छ । पालिकाले गत साउन महिनामा सडकबत्तिको ३० लाख महशुल बुझाएको भएपनि अझै ९० लाख बुझाउन बाँकी रहेको उनले बताए । केहि समय पहिले सरकारी हिसाव मिलान हुँदा विद्युत रकम बुझ्न बुझाउन सजिलो भए पनि अहिले पुनः प्राधिकरणलाई सरकारी निकायहरुबाट विद्युत महशुल उठाउन गाह्रो भएको उनले बताए । समयमै विद्युत महशुल नबुझाउँदा बक्यौता रकम बढ्दै जाने र विद्युत लाइन काट्नुपर्ने अवस्था आउने उनी बताउँछन् ।  विद्युत लाइन काटिसेपछि पनि विद्युत रकम बुझाउने र विद्युत जडान गुर्नपर्यो भनि पालिकाका कुनैपनि कर्मचारी सम्पर्कमा नआएको उनले बताए । ‘लाइन काटिएपछि किन काटियो, कर्मचारीमाथी अन्याय भयो भनेर एकपटक फोन गर्नुभयो , त्यसपछि कुनैपनि फोन सम्पर्क भएको छैन, उनले भने– ‘जबसम्म तिनुैपर्ने रकम तिर्नुहुँदैन तव सम्म लाइन जोडिने सम्भावपना छैन । कार्यालयको ४ महिना देखिको विद्युत महशुल बुझाउन बाँकी रहेको भएपनि सडकबत्तीको भने वर्षौदेखिको महशुल बुझाउन बाँकी रहेको उनले बताए । तुलसीपुर उपमहानगरपालिकाले भने नियमित रुपमा विद्युत महशुल र्तिदै आएको बताएको छ । जनप्रतिनिधि नभएको मौका पारेर कर्मचारीलाई सास्ती दिने उदेश्यले नियतबस विद्युत लाइन काटिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले बताए । एक पटकपनि नसोधेर जानकारी विनानै विद्युत लाइन काटिनु नियतवस देखिएको उनले बताए । उनले विद्युत महशुल बुझाउने, विद्युत लाईन काट्ने कटाउने विषयमा नीतिगत निर्णय गर्न जरुरी रहेको बताए । सडकबत्तीको विद्युत महशुल रकम उठाउने रणनीतिले कार्यालयको विद्युत लाइन काटिएको उनी बताउँछन् । केहि समय पहिले पनि बसपार्कको विद्युत लाइन काट्दा तुलसीपुर बसर्पाकको तिर्नुपर्ने ८ लाख रकम मध्ये ३ लाख ठेकेदारले र ५ लाख नगरपालिकाले बुझाएको उनले बताए । पालिकाको पनि मिटर बक्स अनुसार बुझाउँदै आएको उनले बताए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …