SamwadKhabar logo

               

संघीय खबर

स्थानीय तह निर्वाचनः सुरक्षाकर्मी परिचालन सुरु

संवाद खबर

संवाद खबर

स्थानीय तह निर्वाचनः  सुरक्षाकर्मी परिचालन सुरु
वैशाख १७, काठमाडौँ । स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा व्यवस्थापनका लागि सुरक्षाकर्मी परिचालन सुरु भएको छ । स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजनाअनुसार म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका सुरक्षाकर्मी परिचालन गरिएको हो । गृह मन्त्रालयले शान्त, सुरक्षित, निष्पक्ष तथा स्वतन्त्र ढङ्गले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन एकीकृत सुरक्षा योजनाअनुसार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिएको छ । यसका लागि म्यादी प्रहरी एक लाख, नेपाल प्रहरी ६२ हजार, सशस्त्र प्रहरी ३२ हजार, सेना ७१ हजार र राष्ट्रिय अनुसन्धान विभागबाट पाँच हजार जनशक्ति परिचालन गरिने मन्त्रालयले जनाएको हो । निर्वाचनका लागि शान्ति सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन सुरक्षा तयारी, मतदान स्थल अनुगमन, सुरक्षा चुनौतीको विश्लेषण र सुरक्षाकर्मी परिचालनलगायत आवश्यक रणनीति योजना कार्यान्वयनमा ल्याइएका छन् । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र रहेका छन् । तीमध्ये करिब दुई हजार नौ सय अति संवेदनशील, चार हजार चार सय संवेदनशील र तीन हजार तीन सय सामान्य अवस्थाका मतदान केन्द्र छन् । अति संवेदनशील मतदान केन्द्रमा छ म्यादी, पाँच प्रहरी गरी ११ जना, संवेदनशीलमा पाँच म्यादी, चार प्रहरी गरी नौ जना र सामान्य मतदान केन्द्रमा चार म्यादी, तीन प्रहरी गरी सात जना सुरक्षाकर्मी परिचालन हुने जानकारी प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रवक्ता विष्णुकुमार केसी निर्वाचन मितिको एक हप्ताअघि नै सुरक्षाकर्मी सम्बन्धित स्थानमा खटिइसक्ने बताउनुभयो । यही वैशाख २५ देखि २८ गतेभित्रमा सम्पूर्ण मतदान स्थलमा सुरक्षाकर्मी खटिसक्ने छन् । सशस्त्र प्रहरी बललाई निर्वाचन सुरक्षाअन्तर्गत मतदान केन्द्रको दोस्रो घेरामा राखिएको छ । सशस्त्र प्रहरी प्रवक्ता विदुर खड्काका अनुसार मतदान स्थल तथा मतदान केन्द्रमा नियमित मोबाइल गस्ती, जिल्ला निर्वाचन कार्यालय सुरक्षा व्यवस्था मिलाउँदै आएको छ । उहाँले मतदान टोली, मतपत्र ओसारपसार, मतदानपछि मतपेटिका ढुवानी र सुरक्षाका लागि आवश्यक सुरक्षा व्यवस्था पूरा गरिएको बताउनुभयो । नेपाली सेनाले उपत्यका बाहिर तीन र काठमाडौँमा एक गरी चार स्थानबाट आवश्यक जनशक्ति परिचालनका लागि हेलिकप्टरसहितको सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिएको छ । मतपत्र र निर्वाचन सामग्री ढुवानीमा समेत सैनिक हेलिकप्टर प्रयोग भइरहेको छ । स्थानीय तह निर्वाचनका लागि गत चैत १ गतेबाट नै सेनाले निर्वाचन सुरक्षा तयारी सञ्चालन गर्दै आएको छ । सैनिक प्रवक्ता नारायण सिलवालले केन्द्रदेखि जिल्ला तहसम्म निर्वाचन सुरक्षामा सेनाको सहभागिता रहेको बताउनुभयो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…