SamwadKhabar logo

               

राजनीति

ठूला दललाई चुनावमा हराउनुपर्छः राप्रपा

देवराज रिजाल

देवराज रिजाल

ठूला दललाई चुनावमा हराउनुपर्छः राप्रपा
१८ बैशाख, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले वैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत माओवादी लगायतका ठूला दलहरूलाई भोट नदिन उनीहरूले आग्रह गरेका छन्। राष्टिय प्रजातन्त्र पार्टी जिल्ला समिति भक्तपुरले शनिबार भक्तपुरमा पत्रकार सम्मेलन गरी कांग्रेस धोकेबाज पार्टी भएको बताए। त्यस्ता धोकेबाजलाई मत नदिएर सजाय दिनुपर्ने नेताहरूले बताए। यी ठूला पार्टीहरूले देशका लागि केही पनि गर्न नसकेकाले यीबाहेकका पार्टीहरूलाई वैकल्पिक शक्तिका रूपमा अगाडि ल्याउनुपर्ने बताएका छन्। पत्रकार सम्मेलनमा राप्रपा केन्द्रीय सदस्य दिनेश श्रेष्ठले सो सहमति कार्यान्वयनका लागि जिल्ला र केन्द्रीय तहमासमेत छलफल भएको बताए। तर पनि सहमति कार्यान्वयन हुन नसकेको उनले बताए। सहमति कार्यान्वयन गर्न जिल्ला तह नै भागेको उनले बताए। उनले ती सहमतिहरूलाई राप्रपाले अक्षरस पालना भएको तर कांग्रेसले सबै बुँदाहरू पालना नगरेको समेत बताए। उनले चाँगुनारायण नगरपालिकामा राप्रपाले सहयोग नगरेको भए तत्कालीन समयमा कांग्रेसका भडेल जित्नै नसक्ने निश्चित भएको बताए। यसअघिको प्रदेश सभाको निर्वाचनमा उक्त क्षेत्रमा एमालले जित हासिल गरेको थियो। तर एमालेबाट विजयी हासिल गरेका हरिशरण लामिछानेको मृत्यु भएपछि उक्त क्षेत्रमा कांग्रेसका कृष्णलाल भँडेलले जितेका थिए। भँंडेल जित्नुको एउटै मात्रै कारण नै आफूहरूले मत दिनु रहेको उनीहरूले बताए। पत्रकार सम्मेलनमा राप्रपा पार्टी भक्तपुरका जिल्ला अध्यक्ष रामशरण लामिछानेले राप्रपाले कांग्रेसलाई गरेको ऋणको व्याजसहित ऋण तिर्नुपर्ने बेलामा दिएको धोखाले कांग्रेसलाई नै हानी पुग्ने बताए। नेपाली काँग्रेसले दिएको धोखाले मूल्य चुकाउनुपर्ने पनि उलले बताए। कार्यक्रममा राप्रपाका सहमहामन्त्री एवं चाँगुनारायण नगरपालिकाका मेयरका उम्मेदवार रवीन्द्रप्रताप शाहले काँग्रेसको नियतमा खोट रहेको बताउँदै कांग्रेसले धोखा दिए पनि जनताले भने सहयोग गर्ने बताए। उनले सो सहमति पार्टीले भंग गरेकोले कांग्रेस कार्यकता र समर्थकहरूलाई सहमति पत्र देखाएर धोका दिने काग्रेसलाई मत नदिएर सहयोग गर्न आग्रह गर्ने बताए। सहमति भंग गरेर राप्रपालाई नभई कांग्रेसलाई नै घाटा हुने ठोकुवा उनले गरे।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन गर्ने

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन गर्ने

६ कार्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन …

गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

५ कार्तिक, काठमाडौं । गण्डकीको वन मन्त्रीमा लमजुङका भेषबहादुर पौडेल नियुक्त हुनुभएको…