SamwadKhabar logo

               

संघीय खबर

‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन पत्रकारको भूमिका महत्त्वपूर्ण’

संवाद खबर

संवाद खबर

‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन पत्रकारको भूमिका महत्त्वपूर्ण’
वैशाख २१, पाल्पा । बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित बनाउन पत्रकारको भूमिका महत्त्वपूर्ण हुने सरोकारवालाहरूले बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पा र पाल्पा विकास केन्द्र तानसेनले आयोजना गरेको ‘स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय निर्वाचन मर्यादित र निष्पक्ष रिपोटिङ्ग’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले निर्वाचनको प्रचारप्रसारको क्रममा छरिएका भ्रमहरू चिर्न र जनतामा सही सूचना पुर्याउन पत्रकारको भूमिका महत्त्वपूर्ण हुने बताए । प्रचारप्रसारका क्रममा पत्रकार आचारसंहिता उलङ्घन नगर्न आफूहरू सचेत रहेको भन्दै जिल्लाका क्रियाशील पत्रकारहरूले भयरहित र भ्रममुक्त भएर निर्वाचनमा मत खसाल्ने वातावरण सिर्जना गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जिल्लाको समग्र सुरक्षा अवस्था, सुरक्षाकर्मी, कर्मचारीहरूको खटनपटनको अवस्थाबारे जानकारी गराउनुभयो । ११८ मतदान स्थल र २४७ मतदान केन्द्र रहेको जिल्लाका लागि १ हजार ९ सय ७१ जना कर्मचारी, ४०७ सेना, २७८ सशत्र प्रहरी, ७०४ जना नेपाल प्रहरी र १ हजार ८० जना म्यादी प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा स्थानीय निर्वाचनमा पत्रकारले पालना गर्नुपर्ने आचारसंहिता र पत्रकारले निभाउनुपर्ने भूमिकाको विषयमा छलफलसमेत भएको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…