SamwadKhabar logo

               

संघीय खबर

मौनअवधिमा अनुगमन गर्न आयोगको १९ उच्चस्तरीय टोली

संवाद खबर

संवाद खबर

मौनअवधिमा अनुगमन गर्न आयोगको १९ उच्चस्तरीय टोली
वैशाख २८, काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार मध्यरातिबाट मौनअवधि सुरु भएको छ । मौन अवधिलाई ध्यानमा राखी अझ बढी निगरानी बढाएको आयोगले जनाएको छ । आयोगले मौनअवधि सुरु हुनु केही घण्टाअघि आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्तले आचारसंहिता कार्यान्वयनको सूक्ष्म रूपमा अनुगमन भइरहेको जानकारी दिए । पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिता उल्लङ्घनका घटनामा तत्काल कारबाही गर्न सक्नेगरी विभिन्न संवेदनशील स्थानमा १९ वटा उच्चस्तरीय टोली परिचालन गरिएको बताए । उनका अनुसार अनुगमन हेर्ने आयुक्तको संयोजकत्वमा केन्द्रीय अनुगमन समिति, जिल्लामा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय तहमा जिल्ला निर्वाचन अधिकृतको संयोजकत्वमा स्थानीय तह आचारसंहिता अनुगमन समिति गठन गरिएको छ । प्रमुख आयुक्त दिनेश थपलियाले आचारसंहिताबारे मौन अवधिमा अपनाइने नीतिको जानकारी गराएका थिए । निर्वाचन आचारसंहिता उल्लङ्घनका २०५ वटा विभिन्न क्रियाकलाप भएको आयोगले जनाएको छ । तीमध्ये ५३ वटामा स्पष्टीकरण सोधिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । मौन अवधिमा उम्मेदवार, दलका कार्यकर्ताका क्रियाकलापमाथि निगरानी राख्न आयोगले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा सबै स्थानीय प्रशासनलाई आयोगले निर्देशन दिइएको जनाएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…