SamwadKhabar logo

               

युवा

प्राज्ञिकद्वारा देशभर चुनावी पर्यवेक्षक परिचालन

देवराज रिजाल

देवराज रिजाल

प्राज्ञिकद्वारा देशभर चुनावी पर्यवेक्षक परिचालन
२८ वैशाख, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्ले नेपालले देशभर पर्यवेक्षक परिचालन गरेको छ । वैशाख ३० गते हुन गईरहेको स्थानीय निर्वाचन २०७९ को अवसरमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सयौंको संख्यामा देशको ५० वटा भन्दा बढी जिल्लाहरूमा चुनावी पर्यवेक्षक परिचालन गरेको छ । मौन अवधि सुरू भएसँगै राजनीति दलहरूले निर्वाचनको आचार संहिता पालना गरे नगरेको निगरानी र अनुगमन गर्ने , एक स्वतन्त्र नागरिकको रूपमा मतदातालाई जागरुक गर्ने र निर्वाचन आयोगको कार्यलाई सहजिकरण र सहयोग गर्ने उदेश्यका साथ देश भर निर्वाचन पर्यवेक्षक परिचालन गरिएको परिषद्ले जनाएको छ । देशको ७७ वटै जिल्लाका कलेज तथा विश्वविद्यालयहरूमा रचनात्मक कार्यक्रमहरू संचालन गर्दै आइरहेको विद्यार्थी परिषद्ले स्थानीय चुनावको मिति घोषणा गरे सँगै एक महिना अगाडिदेखि मतदाता जागरण अभियान पनि संचालन गर्दै आईरहेको छ । परिषद्ले ू हाम्रो मान्छे होइन राम्रो मान्छेलाई मतदान गरौूँ , मेरो भोट मोरो अधिकार (सक्षम र इमानदार व्यत्तिलाई मतदानू, मेरो भोट न पार्टिलाई न साथिलाई (मात्र सक्षम र इमानदार नेतालाई , भोट हाल्नु जिम्मेवार नागरिकको कर्तव्य हो ( म त भोट हाल्दै छु तपाईं निरु जस्ता विभिन्न नाराहरू बनाएर सामाजिक संजाल र आधुनिक प्रविधि मार्फत स्थानीय निर्वाचन २०७९ को जागरण गरी रहेको छ । निर्वाचनको मौन अवधि सुरू भए सँगै आफ्नो स्थानीय स्तरम निर्वाचन आयोगले परिचालन गरेको पर्यवेक्षकहरूले राजनीतिक दलहरूले आयोगद्वारा जारी गरिएको निर्वाचन आचार संहिता पालना गरे नगरेको अनुगमन गर्ने र सोही अनुसार तत् तत् क्षेत्रका निर्वाचन अधिकारीलाई सुचित गराउने साथै चुनाव सकिए पश्चात् निर्वाचन अवधिमा देखिएको अवस्था र घटनाहरूको बारेमा रिपोर्ट बनाएर चुनावमा पर्यवेक्षकको रूपमा घटिएका पर्यवेक्षकहरूले १५ दिन भित्र बुझाउनु पर्ने हुन्छ । त्यसैको लागि निर्वाचन आयोगले यश बर्ष ६७ वटा संस्थालाई चुनावको पर्यवेक्षकको लागि अनुमती प्रदान गरिएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

जेठ २७, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालकाे १५ दिवसीय संघ शिक्षा वर्ग चितवनको …

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

वैशाख १७, काठमाडौं । बागमती प्रदेश युवा परिषद्ले ३ दिने युवा सम्मेलन आयोजना गर्ने भ…

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

वैशाख ६, काठमाडौं । नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्…