SamwadKhabar logo

               

अर्थ व्यवसाय

चुनाव सकेसँगै यार्सा टिप्न लेक उक्लिए मनाङी

संवाद खबर

संवाद खबर

चुनाव सकेसँगै यार्सा टिप्न लेक उक्लिए मनाङी
जेठ २, लमजुङ। मनाङमा स्थानीय तहको निर्वाचनको मतदान र मतगणना कार्य सकिएको छ। यहाँको चार स्थानीय तहमा नयाँ जनप्रतिनिधि आइसकेका छन्। मनाङमा ३१ वैशाखमै चार वटै स्थानीय य तहको मत परिणाम आइसकेको छ। तर, मनाङवासीलाई भने स्थानीय तहको निर्वाचनसँगै औषधिजन्य जडिबुडी यार्सागुम्बा संकलनको चटारो परेको छ। उनीहरु मतदान सकिएपछि यार्सागुम्बा टिप्न मनाङका लेकमा पुगेका छन् । स्थानीय तह निर्वाचनमा मतदान गर्न आफ्नो क्षेत्रमा पुगेका मनाङवासी मतदान कार्य सकेर खर्क पुगिसकेका हुन्। निर्वाचनमा सहभागी भएर मनाङवासीहरु यार्सागुम्बा सङ्कलन गर्न मनाङवासी खर्कतर्फ लागेको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए। उनका अनुसार यार्सागुम्बा संकलनमा निस्किएका मनाङवासीको सुरक्षाका लागि खर्कतर्फ पनि सुरक्षाको व्यवस्था गरिएको छ। संकलनका लागि नारफु, नाम्के खर्क, खाङ्सार खर्क अहिले पुगिसकेका हुन्। स्थानीय तह निर्वाचनमा सहभागी गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय मनाङले गत २५ देखि ३० वैशाखसम्म यार्सागुम्बा संकलनकार्य बन्द गराएको थियो। यार्सागुम्बा संकलन बन्द गरिएपछि जिल्लावासी आ–आफ्ना घरमा फर्किएका थिए। निर्वाचनमा सहभागी भएर पुनः यार्सागुम्बा संकलनका लागि खर्क उक्लिएको स्थानीय बताउँछन्। यार्सागुम्बा संकलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको गत २३ चैतमा बसेको बैठकले स्वीकृति पाएपछि समितिमार्फत पूर्जी दिने निर्णय भएको थियो। बैठकको निर्णय बमोजिम नै यार्सागुम्बा संकलन गर्न पाउने भएपछि मनाङवासीलाई चटारो परेको हो। यार्सागुम्बा संकलन गर्न पुर्जी काटिसकेका स्थानीय तथा बाह्य जिल्लाबाट आउने संकलनकर्तालाई सहज रुपमा खर्कतर्फ जान दिइएको आचार्यले बताए। यार्सागुम्बा संकलन कार्य नाम्के खर्कबाट सुरु भई नार, फु र माथिल्लो मनाङको खाङ्सार खर्कमा सकिने एक्यापका प्रमुख लेखनाथ गौतमले जानकारी दिए। उनका अनुसार असारको पहिलो हप्तासम्म यार्सागुम्बा संकलन गर्न सकिने समय हो। १५ वैशाखदेखि असारको पहिलो सातासम्म औषधिजन्य जडिबुटी संकलन गरी मनाङवासी बेंशीतर्फ फर्किनेछन्।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …