SamwadKhabar logo

               

अर्थ व्यवसाय

मासिक नौ अर्ब घाटामा निगम

देवराज रिजाल

देवराज रिजाल

मासिक नौ अर्ब घाटामा निगम
२ ज्येष्ठ, काठमाडौँ । दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयले पेट्रोलियम पदार्थको खपत मासिक ८ देखि १० प्रतिशत कम हुने अनुमान गरिएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले दुई दिन सार्वजनिक बिदा हुँदा पेट्रोलियम पदार्थको खपत मासिक रूपमा १० प्रतिशतसम्म कम हुने बताउनुभयो । जेठ १ गतेदेखि हप्तामा दुई दिन शनिबार र आइतबार बिदा हुन थालेको छ । निगमका अनुसार अहिले मासिक ६० देखि ६५ हजार किलोलिटर पेट्रोल र डिजल एक लाख ६० हजार किलोलिटर खपत हुने गरेको छ । सार्वजनिक बिदामा खपत कम हुने अनुभवका आधारमा मासिक चार दिन सार्वजनिक बिदा बढ्दा पेट्रोलियम पदार्थको खपत कम हुने अनुमान गरिएको हो । उपाध्यायले भन्नुभयो, “बिदाको दिनमा सवारी साधन कम गुड्छन् भन्ने अनुमानका आधारमा खपत घट्छ तर बिदाको दिन घुम्न बढी निस्किए भने खपत झन् बढ्न सक्छ ।” अन्तर्राष्ट्रिय बजारमा इन्धनको लगातार बढ्दै गएकाले निगम घाटामा गएर तेल खरिद गर्न नसक्ने अवस्थामा पुगेपछि सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने नीति लिएको छ । यसअघि पेट्रोलियम खपत घटाउन सरकारी कार्यालयको इन्धन सुविधा २० प्रतिशत कटौती गर्न अर्थ मन्त्रालयले निर्देशन दिएको थियो । पेट्रोलियम पदार्थको खपत घटाउनकै लागि निगमले सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्न सकिने पनि सुझाव दिएको थियो । जोरबिजोर प्रणालीले २५ देखि ३० प्रतिशत खपत कम हुने निगमले अनुमान थियो । इन्डियन आयल कर्पारेसन ९आईओसी०ले मे १ मा पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाए निगमले मूल्य बढाएको थिएन । मूल्य नबढाउँदा घाटा थेग्न नसक्ने अवस्थामा पुगेको भन्दै मतदानको भोलिपल्ट नै पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपियाँले मूल्य बढाएको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको छ । मूल्य बढाउँदा १५ दिनमा चार अर्ब २५ करोड घाटा रहने अनुमान गरिएको प्रवक्ता उपाध्यायले जानकारी दिनुभयो । निगमलाई सबैभन्दा धेरै खाना पकाउने ग्यास, पेट्रोल र डिजलमा घाटा छ । हवाई इन्धन र मट्टीतेलमा भने नाफा छ । हवाई इन्धन र मट्टीतेलमा प्रतिलिटर १२ रुपियाँ ६४ पैसा नाफा छ । निगमका अनुसार मूल्य बढाउँदा पनि अझै पेट्रोल लिटरमा १४ रुपियाँ ४६ पैसा, डिजल ३१ रुपियाँ ४४ पैसा घाटा रहेको छ । यस्तै सबैभन्दा धेरै प्रतिसिलिन्डर ग्यासमा एक हजार ५० रुपियाँ घाटा छ । पेट्रोलको खरिद मूल्य प्रतिलिटर १८४ रुपियाँ ३६ पैसा र डिजेल १८४ रुपियाँ ४४ पैसा रहेको छ । ग्यासको खरिद मूल्य दुई हजार ६५० रुपियाँ रहेकामा बजार मूल्य एक हजार छ सय छ । ग्यासमा मात्र मासिक एक अर्ब ७४ करोड रुपियाँ घाटा छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …