SamwadKhabar logo

               

राजनीति

प्रधानमन्त्री देउवाले पश्चिम सेती जलविद्युत् परियोजना निर्माणमा भारतको सहयोग मागेका छन

देवराज रिजाल

देवराज रिजाल

प्रधानमन्त्री देउवाले पश्चिम सेती जलविद्युत् परियोजना निर्माणमा भारतको सहयोग मागेका छन
जेष्ठ ३ काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत् परियोजना निर्माणमा भारतको सहयोग मागेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग लुम्बिनीमा सोमबार भएको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री देउवाले भारत सरकार मातहको नेशन हाइड्रोपावर इलेक्ट्रिक कर्पोरेशन (एनएचपिसी) लगायत इच्छुक भारतीय कम्पनीलाई पश्चिम सेती निर्माणमा सहकार्यका लागि आह्वान गरेका हुन्। चिनियाँ कम्पनी थ्री गर्जेजसँगको ठेक्का सम्झौता खारेज भएको झन्डै पाँच वर्षपछि सरकारले भारतलाई उक्त परियोजना निर्माणको ठेक्का दिन पहिलोपटक औपचारिक रुपमा छलफल थालेको हो। थ्री गर्जेजले पश्चिम सेती बनाउन नसक्ने बताएपछि ओली नेतृत्वको सरकारले कम्पनीसँगको सम्झौता खारेज गरेको थियो। त्यसयता परियोजना निर्माण अनिश्चित बनेको थियो। लुम्बिनीको एक होटलमा भएको छलफलमा देउवा र मोदीबीच पञ्चेश्वर परियोजनालाई प्राथमिकतासाथ अघि बढाउनेबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस अवसरमा प्रधानमन्त्री देउवाले भारतसँग नेपालले दीर्घकालीन हिसाबले दुवै देशलाई लाभ हुनेगरी निर्वाध बिद्युत् व्यापार गर्न चाहेको बताएका थिए। देउवा र मोदीले भारतको लगानीमा निर्माणाधीन अरुण तेश्रो परियोजनामा भइरहेको प्रगतिप्रति सन्तुष्ठी ब्यक्त गरेका थिए। अरुण चौथो परियोजना निर्माणका लागि नेपाल बिद्युत् प्राधिकरण र सतलज कम्पनीबीच भएको सम्झौताको दुवै प्रधानमन्त्रीले स्वागत गरे। प्रधानमन्त्री देउवाको गत अप्रिल १ देखि ३ सम्म भएको भारत भ्रमणमा भएका समझदारी कार्यान्वयन गर्ने बिषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। देउवाले भारतले नेपाललाई भूकम्पपछिको सम्पदा र विद्यालय पुनर्निर्माण र कोरोना महामारीमा दिएको सहयोगका लागि धन्यवाद दिए। कृषिमल चाँडै दिन आग्रह प्रधानमन्त्री देउवाले कृषि मल चाँडै उपलब्ध गराइदिन भारत सरकारलाई अनुरोध गरेका छन्। बर्षायाम नजिँकिदै गर्दा कृषि मल अभाव हुने गरेकाले यसपाली समस्या आउन नदिन चाँडै दिन आग्रह गरेका हुन्। नेपाल र भारतबीच परिमार्जित पारवहन सन्धि र त्यसका प्राटोकल चाँडै टुङ्ग्याउनेबारे पनि छलफल भएको छ। त्यसैगरी ब्यापार सन्धिको नवीकरण बारे पनि मोदी र देउवाबीच कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। अतिरिक्त हवाई रुट माग नेपालले महेन्द्रनगर, नेपालगन्ज र जनकपुरबाट अतिरिक्त हवाई रुट उपलब्ध गराउन भारतसँग अनुरोध गरेको छ। नेपालले लामो समयदेखि अतिरिक्त हवाई रुट उपलब्ध गराउन अनुरोध गरे पनि भारतले सुरक्षाको कारण देखाउँदै सहमति जनाएको छैन। प्रधानमन्त्री देउवाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान शुरु भइसकेको बताउँदै त्यसबाट नेपाल र भारतबीच कनेक्टिभिटी, सांस्कृतिक सम्पर्क, पर्यटन र जनस्तरको आवागमन र सम्बन्ध बढाउने बताएका थिए। मोदी नेपाल आउनु केही घण्टाअघि मात्रै प्रधानमन्त्री देउवाले उक्त विमानस्थल उद्घाटन गरेका थिए। कुवेतको जजिरा एयरवेजले पहिलो व्यवसायिक उडान गरिसकेको छ। बुद्धिस्ट सर्किटबारे छलफल देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच बुद्धिस्ट सर्किट निर्माणबारे पनि छलफल भएको छ। भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनी र भारतका बोधगया, सारनाथ र कुशीनगर जोडेर बुद्धिस्ट सर्किट निर्माणमा साझा प्रयास आवश्यक रहेको बताएका थिए। रामायण सर्किट जस्तै बुद्ध सर्किट निर्माणबाट दुई देशबीच सांस्कृतिक र धार्मिक संबन्ध विस्तार हुने उनले बताएका थिए। मोदी र देउवाबीच चाँदनी दोधारामा सुख्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँच चौकी

ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

यो पनि

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन गर्ने

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन गर्ने

६ कार्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन …

गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

५ कार्तिक, काठमाडौं । गण्डकीको वन मन्त्रीमा लमजुङका भेषबहादुर पौडेल नियुक्त हुनुभएको…