आइतबारे विदाले के सार्थकता पाउला त ?
जेष्ठ ४ काठमाडौँ ।
बिदाको इतिहासले के भन्छः
यहुदीहरू बाइबलको ओल्ड टेस्टामेन्ट मान्छन् । त्यहीँ जेनिसिसको १ र २ ले भन्छ (परमेश्वरले पहिलो दिन उज्यालो र अँध्यारोको सृष्टि गरे । दोस्रो दिन स्वर्ग र पृथ्वीको । तेस्रो दिन जमिन र बिरुवाको । चौथो दिन दिन र रातको । पाँचौं दिन समुद्र र हावाको । छैटौं दिन अरू जीवको । सातौं दिन परमेश्वरले साबाथ लिए । साबाथ भनेको आरामको दिन हो । त्यसैले यहुदीले त्यस दिनलाई सुत्ने दिन माने । आरामको दिन । क्रमशः उनीहरूले शुक्रबारको सूर्यास्तदेखि आइतबारको सूर्यास्तसम्मलाई बिदाको दिन बनाए । साबाथको दिन ।
इसाईले बाइबलको न्यु टेस्टामेन्ट मान्छन् । यिनीहरूमध्ये अधिकांशले विश्वास गर्छन् कि जिसस शुक्रबार शूलीमा चढे । शनिबार चिहामा आराम गरे । आइतबार ब्युँतिए । जसले तीन दिन तीन रातको चिन्तन मान्छन्, उनले अर्कै तर्क दिन्छन् (म्याथ्यु, १२ः३८(४०) । पासओभरचाहिँ यहुदीको चाड हो । इजरायलीहरू इजिप्टको दासताबाट मुक्त भएको दिन । मोजेजले माउन्ट साइनाईमा चौथो कमान्डमेन्ट दिएको दिन । त्यो दिन शनिबार थियो । तर रोमन क्याथोलिक इसाईहरूले सन् ३२१ मा शनिबारको सट्टा आइतबारलाई पवित्र दिन मान्ने चलन चलाए । उनीहरूको तर्क हो( सो दिन इस्टर सन्डे (आइतबार) हो । जिसस ब्युँतिएको दिन । समग्रमा हेर्दा, यहुदी तथा इसाईले शुक्रबारलाई जिससले शूली चढेको दिन माने । त्यही दिनको सम्झनास्वरूप शुक्रबार साँझलाई गुड फ्राइडे भने । परमेश्वरले आराम गरेको दिन भनेर शनिबारलाई आरामको दिन माने । अर्थात्, जिसस गाडिएकै ठाउँमा आराम गरे भनेर साबाथको दिन माने । आरामको दिन । जिसस ब्युँतिएको दिन भनेर आइतबारलाई चर्च जाने दिन बनाए । प्रार्थना गर्ने । हप्ताभर गरे–गराएका अपराधहरू स्विकार्ने । क्षमा माग्ने । अब अपराध गर्दिनँ–गराउँदिनँ भन्ने । यसरी यहुदी तथा इसाईका चिन्तन जोडेर पश्चिमाहरूले शुक्रबार गुड फ्राइडे मनाए । शनिबार र आइतबारचाहिँ बिदा दिने चलन चलाए । यसैले उनका लागि शनिबार र आइतबार होली डे हुन् । पवित्र दिन ।
नेपालले किन शनिबार बिदा दियो त ? राणाकालमा हप्तामा एक दिन बिदा दिने चलन चल्यो । कसैको मतमा देवशमशेरले । कसैको मतमा भीमशमशेरले । जसले बिदा दिने चलन चलाए पनि उनीहरूले ज्योतिषको आधार लिए । शनिबार शनि ग्रहको दिन हो । असल काम सुरु गर्नु नहुने दिन । त्यसैले यहुदी तथा इसाईका जस्ता ती हाम्रा होली डे अर्थात् पवित्र दिन हैनन् । बिदाका दिन मात्र हुन् । सुत्ने दिन पनि होइनन् । दिनहुँ पूजा–आराधना गर्ने संस्कार भएकाले प्रार्थनाका दिन पनि होइनन् । सृष्टिकर्ता सुतेका दिन पनि होइनन् । चिहानबाट ब्युँतिएका दिन पनि होइनन् । राणाकालीन शासकले त शनिबारलाई निषेधी दिन मानेका हुन् । नयाँ काम सुरु नगर्ने दिन । अब हामी आइतबार पनि बिदा दिन थाल्यौं । यस अर्थमा हामीलाई शनिबार र आइतबारको बिदा किन भनेर कुनै किरात धर्मावलम्बीले सोधे के उत्तर दिने रु हिन्दुले सोधे के उत्तर दिने रु बौद्धमार्गीले सोधे के उत्तर दिने रु ज्योतिषीहरूसँगै पो उत्तर छ कि रु यहुदी र इसाईकै होली डेकै अनुकरण गरेको भन्ने कि रु अरू केही भन्ने रु प्रश्न निर्णायकमा छाडें ।
बिदामा के गर्ने ?
चीनका प्राथमिक विद्यालयहरू बिहान ८ बजे खुल्छन् । अपराह्न ५ बजे बन्द हुन्छन् । निम्न माध्यमिक विद्यालयहरू बिहान ७ बजे खुल्छन् । राति ९ बजे बन्द हुन्छन् । माध्यमिक विद्यालयहरू बिहान ७ बजे खुल्छन् । राति ११ बजे बन्द हुन्छन् । विद्यार्थीहरू शनिबारका दिन बास्केटबल तथा कम्प्युटर गेम खेल्छन् । संगीत सिक्छन् । स्कुलमा पढाइने मूल विषयमा थप सिकाइ सिक्छन् । पढ्दा उत्तर नपाइएका कुराको खोजी गर्छन् । अन्य अतिरिक्त क्रियाकलाप गर्छन् । भविष्यमा के गर्ने भन्ने सोच बनाउँछन् । आइतबार क्रयाम स्कुल जान्छन् । त्यस्ता स्कुलमा चार घण्टा अंग्रेजी, भौतिक विज्ञान, गणित तथा भाषा पढ्छन् । ती सबै बेला शिक्षकको सेवा पाउँछन् । यसरी चिनियाँ बालबालिका हप्तामा ६५ देखि ७७ घण्टासम्म पढ्छन् ।
लामो बिदामा पनि चीनले स्कुले विद्यार्थीलाई व्यस्त राख्छ । संगीतमा । पहिले सिकेका कुरा सुदृढ गर्नमा । चिनियाँ जीवनसँग परिचित हुनमा । घुमघाम गर्नमा । रहरका अन्य काम गर्नमा । पढ्दा नबुझेका तथा नजानिएका कुराको थप जानकारी लिनमा । यसरी हेर्दा चिनियाँ बालबालिका कन्फुसियस तथा माओको पढ्ने, पढ्ने अनि पढ्ने दीक्षा लागू गर्छन् । छोटो अवधिका गरिखाने सीप पनि बिदाका दिनमा सिक्छन् । शिक्षकहरू तिनलाई सघाउँछन् । भारतका विद्यालयहरू वर्षमा २३६ दिन चल्छन् । हाम्रा २२० दिन । त्यसमा पनि वर्षको अलमलले १६५ दिन मात्र चल्छन् । २३६ दिन स्कुल चलेर पनि भारतले गरिखाने सीप सिकाउने अभियान थालेको छ । अनलाइन शिक्षा थालेको छ । हाम्रा शिक्षकहरूले के गर्ने हो रु हाम्रा विद्यार्थीहरूलाई के गराउने हो रु बिदा बढाएर शिक्षक तथा विद्यार्थीको शैक्षिक गुणस्तर सुधार्ने कि रु तिनलाई गरिखाने शिक्षा दिने हो कि रु तिनलाई व्यस्त राख्ने कुनै तरकिब छ कि रु निर्णायकहरूलाई प्रश्न गरें ।
अमेरिकाले वर्षमा १८० दिन पढाउँछ । ६ घण्टा स्कुलमा बसाउँछ । चार्टर स्कुलले त्यसमाथि थप घण्टा पढाउँछन् । त्यति गर्दा पनि कार्नेजी इकाइको अध्ययनले भन्छ( १८० घण्टाको पढाइले पुगेन । हिउँ परेका दिन ९स्नोडेज० अर्थात् हिउँदे बिदाका दिनले गर्दा शैक्षिक उपलब्धि घट्तो रहेछ भन्छ । यी र यस्तै अध्ययनका आधारमा अमेरिकी स्कुलमा विद्यार्थीहरूलाई थप पढाइका लागि अतिरिक्त क्रियाकलापमा संलग्न गराइन्छ । समुदायमा गएर सिक्ने काम दिइन्छ । अनुसन्धान तथा परियोजना कार्यमा लगाइन्छ । अर्थात्, सिक्ने काममै व्यस्त राखिन्छ । बिदाकै बेलामा शिक्षकलाई आफूले आफैंलाई अद्यावधिक गर्न आंशिक कलेज पठाइन्छ । समर कलेजमा । विन्टर कलेजमा । स्वेच्छाले रकम तिर्ने गरी । छात्रवृत्ति रकम पाउने गरी । विद्यार्थीको गल्ती खोज्न सिकाइन्छ । त्यसलाई सुधार्ने सोच बनाउन लगाइन्छ । त्यसैमा अनुसन्धान गर्न लगाइन्छ । विद्यार्थी के गर्दै छ भनी पहिचान गर्न रेखदेख क्रियाकलाप (केयर एक्टिभिटी) मा व्यस्त बनाइन्छ । के हाम्रा शिक्षक तथा प्राध्यापक यस्ता कार्यहरू गर्न–गराउन तयार छौं त रु बिदा दिन तथा बिदा बस्न मात्र रमाउने हामीले यो कुरा सोचेका छौं त ?
हामी नेपालमा हप्तामा ३६ घण्टा पढाउँथ्यौं । हप्ताका दुई दिन बिदा हुनासाथ हामी ३० घण्टा पढाउन थाल्छौं । साढे ९ र साढे ४ को स्कुल बनायौं भने ४२ घण्टा पढाउँछौं । हिमाली भेगमा यो नियम लागू होला त ? बिहानै काममा जाने संस्कृति भएको पहाडमा यो नियम स्विकार्लान् त ? यसरी छुट्ने वा ढिला स्कुल आउने विद्यार्थीलाई शिक्षकले विशेष ध्यान देलान् त ? किताबबाट सार्ने खाले गृहकार्य दिने संस्कृति बदल्लान् त ? यी प्रश्नका उत्तर नखोज्ने हो भने हाम्रा बिदा लिन र बिदा दिन बानी लागे–लगाइएका संस्कारहरूमा फेरबदल होला त ? अन्यथाको अवस्थामा बनेको आइतबार बिदा दिने क्रान्तिकारी सोचले हामीलाई कता लान्छ ? के चिनियाँको जस्तो आफूमा पढ्ने, समुदायमा पढ्ने, अनि विज्ञसँग पढ्ने संस्कृति सिकाउँछ त ? के हामी शिक्षक तथा प्राध्यापकले विद्यार्थीका हिजोका नतिजाहरू सुधार्ने बानी बसाल्छौं त रु के हामी हाम्रा शिक्षकहरूलाई प्रतिहप्ता अद्यावधिक गर्ने चीनको जस्तो साप्ताहिक अभियान चलाउँछौं त ? के हामी अमेरिकाको जस्तो हिउँदे तथा बर्खे बिदामा चल्ने कलेज चलाउँछौं त ? के हामी भारतले जस्तो अनलाइन छोटो अवधिको गरिखाने सीप सिकाउँछौं त ? के हामी अहिलेकै क्रान्तिकारी निर्णयले गुणस्तरीय शिक्षा सुनिश्चित गर्छौं त ? संविधानको धारा ५१ ज को १ ले भनेजस्तो शिक्षा दिन सक्छौं त ? शिक्षा मन्त्रालयका विचारक समूहमा यी प्रश्नहरू छाडें ।
लामा बिदा किन दिइए ?
काठमाडौं उपत्यकाको हिउँदमा कुनै बेला दुई मिटर बाक्लो कुहिरो लाग्थ्यो । बाटामा तुसारो पर्थ्यो । धाराको पानी जम्थ्यो । पोखरी सेताम्य हुन्थ्यो । रैथाने वयोबड्डाहरूको भनाइमा माछा पनि कठ्यांग्रिन्थे । मीन भनेको माछा हो । पचास भनेको ५० दिनसम्म । त्यसैले काठमाडौंका शिक्षक, प्राध्यापक तथा विद्यार्थीलाई मीन पचास बिदा । जाडो छल्न । हिमाली बस्तीमा स्कुल खोल्दा मीन पचासको बिदा नै लागू भयो । अहिले हिउँदे बिदा भनेको मीन पचासको विस्तारित नाम हो । त्यस्तै, गुजारामुखी खेतीमा बाँचेका हामी मधेश तथा पहाडका शिक्षक, प्राध्यापक एवं विद्यार्थीले खेतीका बेला बिदा पायौं । असार–साउनको बिदा । हामीलाई मीन पचास बिदा थिएन । चाहिएन पनि । त्यसैको विस्तारित नाम बर्खे बिदा हो । ती दिनका बिदा कटाउनुको सोझो अर्थ हो( काठमाडौं उपत्यका तथा हिमाली भेगमा माछा कठ्यांग्रिँदैनन् । अर्थात्, त्यहाँ जाडोको दिन घट्यो । अथवा, त्यहाँका स्कुल–कलेजमा वातानुकूलित व्यवस्था छ । त्यस्तै बर्खे बिदा कटाउनुको अर्थ हो( अब हामी गुजारामुखी खेतीमा छैनौं । बजारमुखी खेतीमा गइसक्यौं । अथवा, हाम्रा विद्यार्थी, शिक्षक तथा प्राध्यापकहरू प्लेटोका शब्दमा कामदार वर्ग होइनौं । पेटको चिन्तन गर्ने । उनकै शब्दमा अभिभावक वर्ग भइसक्यौं । के यो कुरा सही हो ?
प्रत्येक जातजाति तथा धर्मका चाडपर्वमा स्कुल तथा कलेज बन्द गर्ने हाम्रो संस्कार बनिसक्यो । क्यालेन्डर पनि त्यसरी नै मिलिसक्यो । नमिलेको ठाउँमा मन्त्रिपरिषद्ले बिदा दिने निर्णय गर्ने चलन भइसक्यो । पराईका देशमा भने अर्कै चलन छ । जस्तो( क्यालेन्डरअनुसार पठन–पाठन गर्न क्यानेडियनले स्कुल–कलेजमै बहुसांस्कृतिक चाड मनाउँछन् । पठन–पाठन भने रोक्तैनन् । जातजाति तथा धर्मका मान्छेले आफ्नो आवश्यकताअनुसार बिदा लिन पाउने व्यवस्था गर्छन् । के हामी त्यसो गर्न सक्छौं त ? गर्छौं त ?
सरकारकै कर्मचारीलाई बिदा दिने नीति स्कुल–कलेजमा लगाए पनि हुथ्यो कि त ? जम्मा यति दिन बिदा पाउने । अनिवार्य बिदा नदिने । शिक्षक तथा प्राध्यापकले बिदा लिएका दिनमा पनि पढाइ निरन्तर रहने । कुनै दिन औपचारिक पढाइ । कुनै दिन अतिरिक्त क्रियाकलाप । कुनै दिन गरिखाने पढाइ । विद्यार्थीलाई पनि त्यस्तै बिदा दिने । सबै आएको दिनमा मूल विषय पढ्ने । नआएको दिनमा इच्छाधीन । यस्तो तरकिब बनाए पनि हुन्थ्यो कि त ? किन यस्तो सोच नबनेको होला ? नबनाइएको होला ? किन जबर्जस्ती बिदाको चिन्तनमै हामी अलमलिएका हौंला ? कसैले भनिदिन्छौं कि त ?
इन्धन बच्ला त ?
आइतबार बिदा दिनु भनेको इन्धन बचाउनु हो । इन्धन किन्ने डलर बचाउनु हो । सरकारको बलियो तर्क यही रह्यो । यसो हो भने, हामी इको चिप्स प्रयोग गर्न सक्छौं त रु इको चिप्स भनेको टर्निङ बक्स हो । यसमा ओबीडीटू कनेक्टर हुन्छ । यो गाडीमा जोडिनासाथ इन्धन बचत हुन्छ । त्यस्तै, हामी इको राइडको व्यवस्था गर्न सक्छौं कि त ? इको राइड पनि प्लग एन्ड राइड सामग्री हो । कार फ्युल सेभरको प्रयोग गर्न सक्छौं त ? तिनीहरूको परीक्षणले भन्छ( इको चिप्सले ५५ प्रतिशत इन्धन बचाउँछ । इको राइडले १५ प्रतिशत । कार फ्युल सेभरले केही प्रतिशत । यो चिन्तन गरेको भए हुने थियो कि त ? शिक्षा मन्त्रालयमै विज्ञान तथा प्रविधि मन्त्रालय पनि छ । यसबारे किन नसोचिएको होला ? विज्ञान प्रविधि मन्त्रालयसँग पो यसको उत्तर छ कि त ? इन्धन पनि बच्ने । शिक्षामा अपत्यारिलो नियति भोग्नु पनि नपर्ने ।
उपसचिव तथा सोभन्दा माथिका सरकारी कर्मचारी, संस्थानका कर्मचारी, गैरसरकारी संस्थाका कर्मचारी, निजी विद्यालयका सञ्चालक, निर्वाचित तलबी जनप्रतिनिधि, निजी विद्यालयमा पढ्ने–पढाउने विद्यार्थी एवं शिक्षकहरू पनि त जनताकै सन्तति हुन् । तिनले एक दिन सार्वजनिक यातायात चढे हुँदैन र ? हिँडेरै गन्तव्यमा पुगे हुँदैन र ? अर्थात्, मोटर चढ्न पाउने भाग्यमानी व्यक्तिहरूले त्यस दिन जनता बन्न मिल्दैन र ? त्यसो गरेको भए क्रमशः सार्वजनिक यातायात समयमा चल्थे होलान् कि त ? ती भाडाका सवारीमा चढ्नु नपर्नेहरूले पनि जनताका दुःख–दर्द बुझ्थे कि त ? त्यसो गर्न मन नलागे केही सार्वजनिक गाडीहरूको रुट आइतबारका लागि बदल्न पो सकिन्थ्यो कि त ? क्यानाडातिर त्यसो गर्छन् भन्ने कुरा हामी निर्णायकहरूले जानेका छैनौं र ? यसो गरेको भए आकाश खस्थ्यो र ? किन सोचेनौं भाग्यविधाताहरूले ? सोच नपुगेको हो र ?
हाम्रा नेतृत्वहरू जनताका कुरा गर्छौं । जनताकै जीवनशैली जिउनचाहिँ किन डराउँछौं ? यदि नडराउने हो भने एक दिन जनता चढ्ने गाडीमै चढे के हुन्छ ? त्यसो गर्न सकिँदैन भने धेरैवटा कार्यालयका लागि एउटा गाडी घुमाए के हुन्छ ? यसो गर्दा गाडी किन्ने खर्च बच्छ । जागिर छोड्दा पनि मोटर चढ्नुपर्छ भन्ने चाहना हुन्न । फलतः भ्रष्टाचार घट्छ । जनतासँगको सम्बन्ध बनिरहन्छ । यसबारे जनताका कुरा गर्नेहरूले किन सोचेनौं ? शिक्षा मन्त्रालयका निर्णायकहरू यसबारे केही बोल्न सक्छौं त ?
हाम्रो अभ्यासले भन्छ( शनिबार पनि हामीले सरकारी गाडी कुदाएकै छौं । निजी स्कुलका गाडी दगुराएकै छौं । संस्थानहरूले त्यसै गरेका छौं । जनप्रतिनिधि पनि त्यही मार्काका छौं । यसो हो भने स्कुल–कलेज बन्द गर्दर्मौ आइतबार गाडी चल्दैन भनी निश्चिन्त हुने आधार छ र ? बढ्दो नवधनाढ्य तथा मध्यमवर्गीको रबाफले झन् गाडीहरू चले भने इन्धन बच्ला त ? उल्टै शनिबार तथा आइतबार पिकनिक, भेटघाट, घुमफिर भनेर गाडीको चाप बढ्यो भने सरकारको निर्णय के होला ? पहिले तथा अहिलेको शनिबार चल्ने–चलाइने गाडीहरूको चापको तुलना गरे सहजै जानकारी मिल्छ । यति कुराको जानकारी ट्राफिक प्रहरीले पनि दिन्थ्यो होला कि त ? किन हामीले खोजेनौं ? खोजाएनौं ? सकिएला त ? केही अपवादबाहेक कोरोनाकाल बिदाकै दिन बन्यो । बनाइयो । ती दिनहरूमा हामी शिक्षक तथा प्राध्यापकले के गर्यौं ? विद्यार्थीलाई के गरायौं ? कसरी गुणस्तर कायम गर्यौं ? यति कुराको लेखाजोखा गरेको भए बिदामा हामी के गर्छौं भन्ने कुरा जानिन्थ्यो । शनिबार हाम्रा शिक्षक, प्राध्यापक, तथा विद्यार्थीको दैनिकी हेरेको भए अर्को कुराको जानकारी हुन्थ्यो । यो काममा सरकारलाई चासो भएन । बरु बिदा समायोजनमा हाम्रा भाग्यविधाताहरूको ध्यान गयो । यति हुँदाहुँदै पनि अहिलेको बिदा समायोजनको क्रान्तिकारी अभ्यासले केही कुराको संकेत गर्ला कि त ?
पहिलो संकेत हो( हामी केही शिक्षक तथा प्राध्यापकहरू पेसाकर्मी छौं । तिनको खोजी हुन्छ । सम्मान हुन्छ । अनुकरण हुन्छ । कोही पेसाधारी छौं । तिनलाई पेसाकर्मी बनाउने दह्रिलो जोडबल हुन्छ । कोही भुलिएर पेसामा आएका छौं । तिनीहरू पेसाबाट अलग हुन्छौं । कोही दलीय आशीर्वाद भजाउँदै विद्यार्थीको समय खाइरहेछौं । तिनीहरू पाखा लाग्छौं । दोस्रो, हाम्रा विद्यार्थीहरू हप्ताका दुईदिने बिदा तथा लामा बिदामा अनुसन्धान गर्छन् । परियोजना गर्छन् । समुदायमा गएर सिक्छन् । सिकाउँछन् । गरिखाने सीप सिक्छन् । अतिरिक्त विषयमा जानकार हुन्छन् । त्यसका लागि शिक्षक तथा प्राध्यापकको अथक एवं निरन्तर सहयोग पाउँछन् । यस क्रममा स्कुल, कलेज तथा विश्वविद्यालयहरू अहोरात्र खुल्छन् । बन्द मोडमा । खुला मोडमा । यस काममा हामी शिक्षक तथा प्राध्यापकहरू जिम्मेवार बन्छौं । तेस्रो, अब पश्चिमाको जस्तै हाम्रो शैक्षिक क्यालेन्डर तलमाथि हुन दिँदैनौं । जे भए पनि जसो भए पनि । चौथो, रहर लागेका बेला मन्त्रिपरिषद्ले बिदाको निर्णय पनि गर्दैनौं । पाँचौं, हाम्रा शिक्षक तथा प्राध्यापकहरूलाई तत्स्थानमै अद्यावधिक गर्ने प्रबन्ध मिलाउँछौं । छैटौं, लामो अवधिको स्कुल–कलेज होस् कि छोटो अवधिको, हामी शैक्षिक गुणस्तर सुनिश्चित गर्छौं । गराउँछौं ।