SamwadKhabar logo

               

राजनीति

पराजित उम्मेदवारलाई काँधमा बोकेर खुशी साटे विजयी उम्मेदवारले, समाजका लागि बन्यो उदाहरण

देवराज रिजाल

देवराज रिजाल

पराजित उम्मेदवारलाई काँधमा बोकेर खुशी साटे विजयी उम्मेदवारले, समाजका लागि बन्यो उदाहरण
जेष्ठ ६ काठमाडौँ । गुरु र शिष्य बीच भएको प्रतिस्पर्धामा शिष्य विजयी भएका छन् । आफू विजयी भएपछि आफ्नो गूरुलाई उच्च सम्मान दिदैँ गुरुबाट अर्शिवाद पनि लिएकाछन । तर चुनावमा विजयी भएपछि हारेको उम्मेद्वारलाई विभिन्न किसिमबाट होच्याउने गलीगर्ने प्रचल रहेको बेला यो सबैका लागि उदाहरणीय बनेको छ । यो संस्कार सवैले अवलम्बन गर्ने हो भने मात्र समाज साच्चिकै परिवर्तन हुन्छ । हेटौंडा–५ को वडा अध्यक्षमा सत्ता गठबन्धनको तर्फबाट काँग्रेसले हयगृव आचार्यलाई उम्मेदवार बनायो भने एमालेले सुशील घिमिरेलाई उम्मेदवार बनायो । जसमा घिमिरेले बाजी मारे । लामो समय वैदेशिक रोजगारमा गएर आएका घिमिरे काँग्रेसका उम्मेदवार आचार्यका शिष्य हुन् । उनै घिमिरेले आफनै विद्यालय तहको गुरू आचार्यलाई स्थानीय तह निर्वाचनमा पराजित गरेका हुन् । घिमिरेले २ हजार ५३० मत ल्याउँदै वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसका हयग्रीव आचार्यले १ हजार ३९० मत ल्याए । घिमिरेले आधारभूत तहको शिक्षा आचार्यबाट पाएका थिए ।आचार्यले २०४० सलादेखि २०४५ सम्म हेटौंडा–५ स्थित बालज्योति माध्यमिक विद्यालयमा आर्चाय शिक्षक थिए । सोही विद्यालयमा घिमिरेले कखरा सिकेका थिए । घिमिरेको शैक्षिक यात्रा प्रारम्भ आचार्यले नै गराएका थिए । कक्षा १ देखि ५ सम्म घिमिरे अध्ययन गर्ने विद्यालयको गुरु रहेका आचार्यको सरुवा भयो र उनको बढुवा भयो र मकवानपुरको थाहा नगरपालिका चित्लाङको विद्यालयमा दरवन्दी कायम भयो भने पछि हेटौंडा–१० स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा पुग्यो । शान्त, थोरै बोल्ने र नेतृत्व क्षमता भएका घिमिरेले विद्यालयमा अनुशासित छात्रको रुपमा परिचित थिए । कक्षा कोठामा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्ने र सबैलाई आदर सम्मान गर्ने उनको बानी रहेको आचार्य बताउँछन् । त्यसपछि भने उनीहरुको औपचारिक शैक्षिक गुरु चेलाको सम्बन्ध माथि पूर्णविराम लाग्यो । तर, हेटौंडा–५ निवासी आचार्य र घिमिरेबीच व्यवहारिक गुरु चेलाको सम्बन्ध भने कायमै रह्यो । विद्यालयमा औपचारिक रुपमा शिक्षक रहँदा पनि आचार्य कसैलाई पिट्ने, गालीगलौज नगरि अध्यापन गराउने गरेको घिमिरे बताउँछन् । ‘सानामा हामीले बदमासी गर्दासमेत गुरुले हामीलाई गाली गर्ने काम गर्नुभएन’ घिमिरेले भने, ‘हामीलाई माया गरेर सम्झाउने काम गर्नुहुन्थ्यो । पठाउने शैली पनि सरल थियो । सबैले बुझ्ने शैलीमा उहाँले पठाउनुहुन्थ्यो ।’ उनले शिक्षण संस्थामामात्र नभइ कतै भेट्दा पनि आफूहरुलाई व्यवहारिक ज्ञान दिने गरेको स्मरण गरे । समस्याहरु पर्दा त्यसको समाधान गर्ने उपायहरु आचार्यले दिने गरेको उनले बताए । अन्तर्राष्ट्रिय स्तरको बक्सिङ खेलाडी समेत रहेका घिमिरे स्थानीय रुपमा विकासका काममा सक्रिय रहेका छन् । उनकै पहलमा तत्कालीन हेटौंडा–५ का वडा अध्यक्ष राजेश बानियाँको सहयोगमा हेटौंडा–५ मा पिप्ले क्याम्प मिनी रंगशालासमेत निर्माण गरिएको छ । सुशील भन्छन्, ‘चुनाव एउटा प्रतिस्पर्धा हो । त्यसमा मैले जिते मेरो गुरु पराजित हुनुभयो । यो अवस्थामा मलाई आफ्नो बुबालाई पराजित गरेको अनुभव भएको छ । सुरुमा पार्टीले टिकट दिँदा गुरुको उम्मेदवारीका बारेमा कुनै चर्चा नै थिएन । तर एकाएक गुरु बा उम्मेदवारको रुपमा प्रस्तुत भएपछि भने म झस्किएँ । आफ्नै घरभित्र कसरी प्रतिस्पर्धा गर्ने दोधार भयो ।’ उनले त्यसलाई एउटा संकटको घडीको रुपमा लिएको बताए । उनले भने ‘जिते पनि हारे पनि चोट आफूलाई लाग्ने भयो । तर, आफ्नो जिम्मेवारीबाट पछि हट्न हुँदैन भनेर गुरुले नै सिकाउनु भएको हो । त्यसैले पार्टीको जिम्मेवारीलाई स्वीकार गरेर अभियानमा लागेँ ।’ निर्वाचनको परिणाम आएसँगै उनले आफ्नो जितको खुशी गुरु आचार्यसँग बाँडे का हुन्। उनले आचार्यलाई काँधमा बोकेर विजय र्यालीसमेत गरे । आगामी दिनमा आफ्नो क्षेत्राधिकारमा रहेर पक्षपात नगरी वडाको नागरिकको सेवामा लाग्ने उनले बताए । पार्टीको जिम्मेवारीमा रहे पनि वडाका नागरिकको सेवालाई प्राथमिकतामा राखेर अघि बढ्ने उनले बताए । आफ्नो जनप्रतिनिधिको यात्राभर प्रतिस्पर्धीको रुपमा रहेका आचार्यलाई मुख्य सल्लाहकारको भूमिकामा राखेर हरेक कामहरु सम्पादन गर्ने उनी बताउँछन् । यता गुरु आचार्यले आफ्नै चेलासँग पराजित हुँदा खुशी व्यक्त गरे । ‘सुशील मेरो चेला हो । आफूलाई उछिनेर मेरै चेला विजयी भएकोमा खुशी छु । उसले हाम्रो वडाको लागि राम्रो काम गर्छ । म ढुक्क छु,’ उनले भने ‘चुनाव एउटा प्रतिस्पर्धा हो । त्यसमा हार जित हुनु स्वभाविक प्रक्रिया हो । मैले हारेँ । मेरो चेलो अब्बल भएछ ।’

ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

यो पनि

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन गर्ने

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन गर्ने

६ कार्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन …

गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

५ कार्तिक, काठमाडौं । गण्डकीको वन मन्त्रीमा लमजुङका भेषबहादुर पौडेल नियुक्त हुनुभएको…