SamwadKhabar logo

               

राजनीति

स्वतन्त्र उम्मेदवार गोपाल हमाल धनगढी उपमहानगरपालिकाको मेयरमा विजयी

देवराज रिजाल

देवराज रिजाल

स्वतन्त्र उम्मेदवार गोपाल हमाल धनगढी उपमहानगरपालिकाको मेयरमा विजयी
जेष्ठ ८ काठमाडौँ । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल र उपमेयरमा नेकपा (एमाले) का कन्दकला राना विजयी हुनुभएको छ । हमालले गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडलाई १२ हजार ४८ मतान्तरले पराजित गरी मेयरमा जित हासिल गर्नुभयो । विजयी हुनुभएका उहाँले २६ हजार ८६५ मत प्राप्त गर्नुभयो । पराजित वडले १४ हजार ८१७ मत प्राप्त गर्नुभयो । यसअघि, २०७४ को निर्वाचनमा स्वतन्त्रबाटै चुनाव लड्नु भएका हमाललाई पराजित गरेर वड मेयरमा निर्वाचित हुनुभएको थियो । यसैगरी, नेकपा ९एमाले० बाट मेयरका उम्मेदवार रणबहादुर चन्दले नौ हजार ११५ मत प्राप्त गर्नुभयो । यस्तै, उपमेयरमा विजयी हुनु भएका रानाले १५ हजार ४७९ मत प्राप्त गर्नुभएको छ । उहाँले गठबन्धनकातर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार शान्ति अधिकारीलाई दुई हजार ८०९ मतान्तरले पराजित गर्नुभयो । पराजित हुनुभएकी अधिकारीले १२ हजार ६७० मत प्राप्त गर्नुभयो । गठबन्धनको विरोध गर्दै नेपाली काँग्रेसका नेता प्रभाकर भण्डारीले स्वतन्त्रबाट उपमेयरमा उम्मेदवारी दिनुभएको थियो । त्यसको फाइदा नेकपा ९एमाले० का उम्मेदवारलाई भएको छ । भण्डारीले छ हजार ६०९ मत प्राप्त गर्नुभयो । धनगढी उपमहानगरपालिकामा कुल ९३ हजार १५१ मतदाता रहेकोमा ६३ हजार ७१५ (६८.४० प्रतिशत) मत खसेको थियो । १९ वटा वडा रहेको धनगढी उपमहानगरपालिकाको ११ वटा वडाध्यक्षमा नेपाली काँग्रेस, छ वटा वडामा नेकपा (एमाले) र दुई वटा वडामा नेकपा (माओवादी केन्द्र) ले वडाध्यक्ष जितेको छ ।

ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…

यो पनि

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन गर्ने

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन गर्ने

६ कार्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन …

गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

५ कार्तिक, काठमाडौं । गण्डकीको वन मन्त्रीमा लमजुङका भेषबहादुर पौडेल नियुक्त हुनुभएको…

पूर्व गृहमन्त्री लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

पूर्व गृहमन्त्री लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

४ कार्तिक, काठमाडौं । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पू…