SamwadKhabar logo

               

अर्थ व्यवसाय

नेपालमा हाइड्रोजन ग्यास उत्पादन हुने

देवराज रिजाल

देवराज रिजाल

नेपालमा हाइड्रोजन ग्यास उत्पादन हुने
१० जेष्ठ काठमाडौँ । नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने भएको छ । दक्षिण कोरियाको ग्लोबल ग्रिन ग्रोथ इन्सटिच्यूट (जीजीजीआई)सँग नेपाल विद्युत प्राधिकरणले गरेको सम्झौता पत्रमा नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादनको काम सुरु गर्ने उल्लेख गरिएको हो । मंगलबार सिंहदरबारमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा जीजीजीआईका महानिर्देशक पे्रmङक रिजस्बेर्मन र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेको सो सम्झौंतामा जीजीजीआईले सो इन्धन उत्पादनका लागि आवश्यक अध्ययन गरिदिने, त्यसको कार्यान्वयनका लागि नेपाल सरकारलाई सहजीकरण गरिदिने र त्यसका लागि आवश्यक सबै खालका प्राविधिक सहयोग गरिदिने भनिएको छ । सम्झौतामा काठमाडौं युनिभर्सिटीलाई पनि संलग्न गराएर नेपालमा हाइड्रोजन फ्यूलको उत्पादन कार्यलाई अघि बढाउने उल्लेख गरिएको नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले बताए । उनले भने, ‘यो ग्लोबल ग्रिन ग्रोथ इन्सटिच्यूट ९जीजीजीआई० कोरियाको इेन्टिटिच्यूडसँग विद्युत प्राधिकरणले हाइड्रोजन एमोनिया र युरिया प्रोडक्सनको सम्बन्धमा उसले स्टडी गरिदिने, यसको कार्यान्वयनका लागि सहजीकरण गरिदिने र प्राविधिक सहयोग सबै गरिदिने हिसावले हामीसँग एउटा एमओयू गरिएको छ । यो एमओयू भइसकेपछि हामीले काठमाडौं युनिभर्सिटीलाई पनि संलग्न गराएर यो सम्बन्धमा नेपालमा हाइड्रोजन फ्यूलको सम्बन्धमा हामी व्यापक रुपमा यसको अध्ययन र यसको कार्यान्वयनको पक्षमा हामी जान्छौं ।’ कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भुसालले सो परियोजनाले विश्वमै महंगो बन्दै गइरहेको पेट्रोलियम पदार्थलाई विस्थापित गर्न उल्लेख्य भूमिका निर्वाह गर्ने बताउँदै त्यसको छिटो कार्यान्वयन गर्न सम्बन्धित पक्षको ध्यान जाने विश्वास व्यक्त गरे । उनले सो परियोजनाले नेपालको ऊर्जा क्षेत्रको नयाँ ढोका खोलिदिएको पनि बताए । उनले भने, ‘हामी यहाँ पेट्रोलियम पदार्थको जो अहिले विश्व बजारमै ज्याँदै महंगो पनि भइराखेको छ । त्यसलाई विस्थापित गर्न सक्ने आफ्नै देशको उर्जा पनि खपत हुने महत्वपूर्ण परियोजना हो भन्ने लाग्छ । यो सामान्य एमओयू मात्रै होईन । यो एमओयू उल्लेख्य महत्वपूर्ण छ । यसको बरु समयमै कार्यान्वयन गर्दाखेरी यसले हाम्रो ऊर्जाको क्षेत्रमा नयाँ ढोका खोल्नेछ । यस कार्यान्वयन छिट्टै हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’ मन्त्री भुसालले जलविद्युतको खपतका लागि पनि नेपालमा इन्धनसँग सम्बन्धित यस्ता परियोजनाहरु उपयोगी हुने स्पष्ट पारे ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …