SamwadKhabar logo

               

अर्थ व्यवसाय

भालुबाङमा गार्डेन मार्टको १९ औं शाखा सञ्चालनमा

संवाद खबर

संवाद खबर

भालुबाङमा गार्डेन मार्टको १९ औं शाखा सञ्चालनमा
जेठ १५, दाङ । उपभोक्तालाई एउटै छानामुनि दैनिक उपभोग्यवस्तु लगायतका विभिन्न किसिमका सामग्री किनमेलको अनुभव दिलाउने उद्देश्यले दाङको राप्ती गाउँपालिकाको भालुबाङमा गार्डेन मार्टले आफ्नो १९ औं शाखा सञ्चालनमा ल्याएको छ । शनिवार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले एक विशेष कार्यक्रमकाबीच मार्टको शुभारम्भ गरे । मार्ट शुभारम्भको कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष विष्टले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न र स्थानीय उत्पादनलाई बजारीकण गर्न मार्टले सघाउने बताए । शाखा प्रमुख दानबहादुर थापाका अनुसार शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित यो मार्टमा दैनिक उपभोग्यवस्तु, चामल, चिनी, दाल लगायत सबै उमेर समूहका नागरिकलाई हुने लत्ता कपडा, बालबालिकाका लागि खेलौनाहरू उपलब्ध छन् । यसका अलावा महिलाहरूका लागि श्रृंगारका सामग्रीहरू, फ्रिज, वासिङ मेसिन, आइरन, गिजर लगायतका विद्युतीय उपकरणहरू मार्टमा उपलब्ध छन् । भालुबाङमा मार्टको सञ्चालनसँगै सहकारीले आफ्नो २८ औं शाखा समेत सञ्चालनमा ल्याएको छ । मार्ट शुभारम्भको अवसरमा यी सामग्रीहरूको खरिद गर्दा उपभोक्ताले निश्चित प्रतिशत छुट समेत पाउने बताइएको छ । यस अगाडि नै सहकारीले भक्तपुरको सूर्यविनायक, ललितपुरको ठैब, काठमाडौंको किर्तिपुर, उदयपुरको लाहान, चितवनको नारायणघाट, मकवानपुरको हेटौँडा, बुटबलको योगिकुटीमा, नेपालगञ्जको न्यूरोड, सुर्खेतको वीरेन्द्रनगर, कैलालीको धनगढी, डडेलधुरा, दाङको घोराही, बाँकेको चाँदनीचोक, सु र्खेतको मेहलकुनामा गार्डेन मार्टको शाखा सञ्चालनमा ल्याइसकेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …