SamwadKhabar logo

               

गण्डकी प्रदेश

‘सुशासन र समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध’

संवाद खबर

संवाद खबर

‘सुशासन र समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध’
जेठ १५, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले युवाशक्तिलाई स्वदेशमै रहने वातावरण सिर्जना गरी रोजगारीका साथमा उत्पादन बढाउने र पारदर्शिताका साथ सुशासन कायम गर्न सकेमा मात्र शासन व्यवस्था सुदृढ र प्रभावकारी हुने बताएका छन् । लोकतन्त्र दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश सरकार स्थापनादेखि नै सुशासन र समृद्धिका लागि प्रतिबद्ध रहेको उल्लेख गरेका हुन् ।  २०६२÷६३ को आन्दोलन र त्यसअघिका राजनीतिक घटनाक्रमका प्रभावकै कारण नेपालमा २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट नेपालमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा गरिएको हो । त्यसैलेको उपलब्धिस्वरुप अहिले मलुकमा संघीय गणतान्त्रिक शासन व्यवस्था कार्यान्वयनमा आएको छ । उनले भनेका छन्, ‘पटक÷पटकका आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्दै मुलुकलाई समृद्धिको चुलीमा पु¥याउनु अहिलेको महत्वपूर्ण जिम्मेवारी हो ।’ भर्खरै मात्र स्थानीय तहको निर्वाचन सम्पन्न भएको र यहि वर्षभित्र प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन हुने उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले आवधिक निर्वाचन नै लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष रहेको बताएका छन् । संविधानसभामार्फत् बनेको संविधान र त्यसैमा टेकेर बनेका ३ तहका सरकारलाई अझ जनमुखी र प्रभावकारी बनाउने सबैभन्दा ठूलो शक्ति नै राजनीतिक दलहरुको प्रतिबद्धता रहेको उनले जनाएका छन् । उनले भनेका छन्, ‘कुनै पनि व्यवस्था सफलताको सूचक नागरिक सन्तुष्टि हो । यस सन्दर्भमा नागरिक समाज, निजी क्षेत्र, राजनीति दलसहित सम्पूर्ण देशवासी एकजुट भएर अगाडि बढ्न यस दिवसले हामी सबैलाई प्रेरणा मिलोस् भन्दै हार्दिक शुभकामना प्रकट गर्दछु ।’ नेपालमा गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा ज्यान गुमाउने ज्ञात अज्ञात सहिदहरुप्रति म यस अवसरमा भावपूर्ण श्रद्धाञ्जली, घाइते, अपांपता भएकाहरुको स्वास्थ्य लाभको कामनासहित बेपत्ता हुनेहरुका परिवारजनमा उनले सहानुभूति प्रकट गरेका छन् ।

ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

यो पनि

पोखरामा रास्वपा कार्यकर्ताहरुले गरे विरोध प्रदर्शन

पोखरामा रास्वपा कार्यकर्ताहरुले गरे विरोध प्रदर्शन

७ असोज, काठमाडौं । पोखराको शहीद चोकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताकार्यक…

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा ११ जना घाइते

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा ११ जना घाइते

२६ भाद्र, काठमाडौं । तनहुँ आबुखैरेनी गाउँपालिका२ र ३ नम्बर वडा जोड्ने खहरे खोला नज…

गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्रीले लिए शपथ

गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्रीले लिए शपथ

१७ भाद्र, काठमाडौं । गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्री शपथ ग्रहण गर्नुभएको छ।…

थासाङ हिउँपहिरोः थुनिएको बोक्सीखोला बग्न थाल्यो

थासाङ हिउँपहिरोः थुनिएको बोक्सीखोला बग्न थाल्यो

१२ भाद्र, काठमाडौं । धवलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मङ्गलवार साँझ खसेको ह…