SamwadKhabar logo

               

अर्थ व्यवसाय

बजेट पछिको सेयर बजारमा सबै सूचक घटे, नेप्से २२ सय अंकमुनि

देवराज रिजाल

देवराज रिजाल

बजेट पछिको सेयर बजारमा सबै सूचक घटे, नेप्से २२ सय अंकमुनि
१५ जेष्ठ, काठमाडौँ । आर्थिक वर्ष २०७९ र ८० को बजेट भाषण अर्थमन्त्री जनार्दन शर्माले घोषणा गरेको भोलिपल्ट सोमबार सेयर बजार ५० अंकले घटेको छ । सो अंकको गिरावटपछि नेप्से २१७८ अंकमा कायम भएको छ । १ अर्ब ३३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बजेटबाट सेयर बिक्रीमा लाग्ने पुँजीगत लाभकर घट्ने केहीको अनुमान थियो । तर सो विषयलाई बजेटमा सम्बोधन गरिएन । सेयर बजारका सम्बन्धमा पुरानै कार्यक्रम दोहोरिए, जसले गर्दा आजको बजार गिरावटलाई थप असर परेको जानकार बताउँछन् । सोमबार ५ कम्पनीको मूल्य बढ्दा १८७ को घट्यो भने २ को स्थिर रह्यो । सबै उपसमूहका सूचक घटेका छन् । बैंकिङ ३१, विकास बैंक ९७, फाइनान्स ३९, होटल तथा पर्यटन ३८, जलविद्युत ६७, जीवन बीमा ३०६, उत्पादन १२७, माइक्रोफाइनान्स ७१, निर्जीवन बीमा २४८, अन्य ४६ र ब्यापार उपसमूह ६२ अंकले घटे । बलेफी हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो । उपकार लघुवित्तको मूल्य ८ प्रतिशत बढ्यो । नेपाल इन्भेष्टमेन्ट बैंकको मूल्य १० प्रतिशत नै घटेको छ । सो बैंकको मूल्य प्रतिकित्ता ३६७.७० मा झर्दा पनि बिक्रीतर्फ चाप परेकाले केही दिन मूल्य घट्ने संकेत देखिएको छ । ज्योति लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसनको मूल्य ७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेपाल टेलिकम, अरुणभ्याली, हिमालयन डिस्टिलरी, एनआइसी एसिया बैंक र नबिल बैंक क्रमशस् अगाडि रहे ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …