SamwadKhabar logo

               

संघीय खबर

मन्त्रिपरिषद् बैठक बस्दै, सचिव र एआइजीमा बढुवा हुने

संवाद खबर

संवाद खबर

मन्त्रिपरिषद् बैठक बस्दै, सचिव र एआइजीमा बढुवा हुने
जेठ १९, काठमाडौं । आज मन्त्रिपरिषद्को नियमित बैठकमा निजामती प्रशासन तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च पदमा बढुवा हुने भएको छ । एक मन्त्रीका अनुसार सचिवको एक रिक्त पदमा आज बढुवा हुने सम्भावना छ । उर्जा मन्त्रालयमा कार्यरत सचिव देवेन्द्र कार्कीले दुई साताअघि अवकाश पाएपछि रिक्त रहेको सचिव पदमा सहसचिवहरु सर्जु कुमार बैद्य, रामाधार शाह र रामबाबु पुडासैनीको सिफारिस भएको थियो । उनीहरुमध्ये एक सचिवमा बढुवा हुन्छन् । तीनै जना अकुत सम्पत्ति आर्जन गरेका सहसचिवका रुपमा चिनिन्छन् । त्यसकारण बढुवामा अस्वस्थ प्रतिस्पर्धा छ । आजै नेपाल प्रहरीमा पाँच डिआइजीको एआइजीमा बढुवा हुँदै छ । डिआइजीहरु उत्तम सुवेदी, अरुण बिसी, दिवेश लोहनी, मुकुन्द आचार्य र पूजा सिंहको बढुवा हुने छ । बढुवासँगै एआइजीको पदस्थापन र सरुवामा चलखेल रहेको स्रोत बताउँछ । त्यस्तै, सशस्त्र प्रहरी बलमा पनि चन्द्रप्रकाश गौतमको एआइजीमा बढुवा हुनेछ । सशस्त्रमा पनि बढुवासँगै दुई एआइजीको जिम्मेवारी टुंगो लाग्नेछ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…