SamwadKhabar logo

               

राजनीति

राजा वीरेन्द्रको २१औं स्मृति सभा मनाईयो

संवाद खबर

संवाद खबर

राजा वीरेन्द्रको २१औं स्मृति सभा मनाईयो
जेठ १९, काठमाडौँ । शान्ति पे्रमी राजा वीरेन्द्र विरविक्रम शाहदेवको २१औं स्मृति सभा मनाईएको छ । स्व.राजा वीरेन्द्र शान्ति शान्ति प्रतिष्ठानले शान्ति क्षेत्र घोषणाका प्रस्तावक तथा विकास पे्रमी राजा बीरेन्द्रको स्मरण गर्दै देशमा शान्ति र राजनीतिक स्थायित्वको कामना सहित जवलाखेल स्थित बीरेन्द्रको शालीकमा आज माल्यार्पण गरि स्मृति सभा मनाईएको हो । राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न महत्वपुर्ण योगदान दिएका थिए त्यसैले वीरेन्द्र शान्तिवादी राजाको रुपमा परिचित छन् । उनले शान्ति र विकासको निमित्त राष्ट्रलाई दिएको त्याग र योगदानको उच्च मुल्यांकन गरि देशमा शान्ति र अमन चयन राख्नु नै उहाँप्रतिको सच्चा सम्मान हुनेछ भन्ने प्रतिष्ठानकोे ठहर छ । प्रतिष्ठानका सचिव रञ्जित धमलाले प्रजातन्त्रका पक्षधर राजा वीरेन्द्रको शासन खण्डमा शान्ति क्षेत्र घोषणा गर्न गरिएका प्रस्ताव, जनमत संग्रह, प्रजातन्त्र पुनर्वहाली जस्ता कार्यको संधै प्रसंसायोग्य भएको बताए । वीरेन्द्रले राष्ट्रप्रति गरेको योगदानको उच्च कदर गर्दै देशमा स्थायी शान्ति र राजनीतिक स्थायित्व राख्नु नै उहाँप्रतिको सम्मान हुने उनले बताए ।   प्रतिष्ठानका अध्यक्ष शिबहरी खनालले विश्व शान्तिका ज्योति भगवान बुद्ध जस्तै नेपालको शान्ति क्षेत्र र विकासको लागि राजा वीरेन्द्रको योगदान पनि उच्च रहेको बताए । देशभक्ति र जनताप्रेमी राजा वीरेन्द्रको अभाव संधै खड्किरहेका बताए । उनले राजा वीरेन्द्रको शालिक, दरबार, धर्मशाला, साँस्कृतिक धरोहरलगायत सम्पुर्ण सम्पत्तिको रक्षा गर्नु राज्य एवं सरोकारवाला निकायको प्रमुख दायित्व भएको बताए ।  

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन गर्ने

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन गर्ने

६ कार्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन …

गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

५ कार्तिक, काठमाडौं । गण्डकीको वन मन्त्रीमा लमजुङका भेषबहादुर पौडेल नियुक्त हुनुभएको…