SamwadKhabar logo

               

संघीय खबर

प्रहरीको सरुवा बढुवा उत्कृष्टलाई प्राथमिकताः आईजीपी सिंह

संवाद खबर

संवाद खबर

प्रहरीको सरुवा बढुवा उत्कृष्टलाई प्राथमिकताः आईजीपी सिंह
जेठ १९, काठमाडौँ । नेपाल प्रहरीको सरुवा बढुवालाई पारदर्शी बनाइने भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा बिहीबार सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले सरुवा बढुवामा राजनीनिक प्रभाव रोकिने बताउनुभयो । महानिरीक्षक सिंहले विगतको प्रहरी नेतृत्वले कतिपय जिल्लामा कमजोर कार्यसम्पादन भएका प्रहरी नेतृत्व खटाएका कारण शान्ति सुरक्षा प्रभावकारी बन्न नसककेको धारणा व्यक्त गर्नुभयो । ‘‘अब त्यसो हुँदैन, कार्यसम्पादन तथा कुशल नेतृत्व गर्न सक्ने प्रहरी अधिकारीलाई मात्र जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा खटाइनेछ,’’ उहाँले भन्नुभयो । उहाँले प्रहरीको बढुवा समेत थप पारदर्शी तथा उत्कृष्टताका आधारमा हुने बताउनुभयो । प्रहरीको सरुवा बढुवामा राजनीतिक तहबाट हस्तक्षेप हुने गरेको बारे सञ्चारकर्मीको जिज्ञासामा महानिरीक्षक सिंहले बाहिर हल्ला भएजस्तो राजनीतिक प्रभाव आफूले महशुस नगरेको भन्दै त्यस्ता क्रियाकलापलाई निरुत्साहित गरिने बताउनुभयो । प्रहरी प्रधान कार्यालयले राजनीतिक प्रभावमा सरुवा बढुवा हुन खोज्ने प्रहरीको विवरण सङ्कलन गर्न लागेको समेत महानिरीक्षक सिंहले जानकारी दिनुभयो । उहाँले सरुवा बढुवामा समान व्याचमेट (भर्ना समूह) भित्रबाट उत्कृष्टतालाई आधार मानेर गरिने समेत जानकारी दिनुभयो । हाइप्रोफाइल अपराधका फाईल खोलिँदै महानिरीक्षक सिंहले प्रहरी नेतृत्व परिवर्तन हुने वित्तिकै प्राथमिकता परिवर्तन नहुने बताउँदै प्रहरी संगठनका मुख्य जिम्मेवारीअन्तर्गत शान्ति शुरक्षा, अपराध नियन्त्रण तथा मानव अधिकारको रक्षालगायतका प्राथकितालाई आफ्नो कार्यकालमा प्रभावकारी रुपमा लागू गर्ने बताउनुभयो । महानिरीक्षक सिंहले लामो समयदेखि अनुसन्धान गरिरहेको निर्मला पन्त हत्या प्रकरणलगायतका हाइ प्रोफाइल अपराधका घटनाको अनुसन्धान टुङ्गो लगाउन प्रहरी प्रधान कार्यालयले विशेष समिति गठन गरिसकेको समेत जानकारी दिनुभयो । प्रहरी प्रधान कार्यालयले गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा केही छिटफुटका घटना बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न गरेको जनाएको छ । विगतमा विद्रोही राजनीतिक शक्तिहरु शान्तिपूर्ण रुपमा स्थानीय तह निर्वाचनमा सहभागि रहेकाले शान्ति सुरक्षा प्रभावकारी बन्न सकेको प्रहरीको निष्कर्ष छ । योसँगै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपालबीचको सहकार्य तथा समन्वयका कारण २०५१ सालपछि पहिलो पटक एकै चरणमा निर्वाचन सम्पन्न हुन सकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…