SamwadKhabar logo

               

अर्थ व्यवसाय

नेपालबाट बिजुली भारतमा निर्यात

संवाद खबर

संवाद खबर

नेपालबाट बिजुली भारतमा निर्यात
जेठ २०, काठमाडौँ । पर्याप्त विद्युत् उत्पादन हुन थालेपछि नेपाल विद्युत् प्राधिकरणले बिहीबारदेखि भारतमा विद्युत् निर्यात गर्न सुरु गरेको छ । प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज (आईआईएक्स) मा ३९ मेगावाट विद्युत् बिक्री सुरु गरेको हो ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाको ३९ मेगावाट बिजुली २४सै घण्टा भारततर्फ निर्यात सुरु भएको छ । देशभित्रका जलविद्युत् आयोजनाहरूमा जलप्रवाह बढ्दै जाँदा स्वदेशी उत्पादन पनि बढेकाले निर्यात थालिएको हो । प्राधिकरणले विद्युत् प्रतिस्पर्धी बजारमा औसत ७।३० भारतीय रुपियाँमा बिक्री गरेको छ । उहाँले भन्नुभयो, “अब शनिबारदेखि क्रमिक रूपमा अन्य सूचीकृत आयोजनाको विद्युत् पनि भारततर्फ निर्यात सुरु गछौँ ।” बिहीबार मात्रै करिब एक करोड नेपाली रुपियाँको विद्युत् निर्यात भएको छ । कमिसन तथा ह्विलिङ चार्ज घटाउँदा प्राधिकरणले करिब ९४ लाख रुपियाँ प्राप्त गर्नेछ । कारोबारमा शनिबारदेखि कालीगण्डकी र मध्यमस्र्याङ्दीको विद्युत् निर्यात सुरु गर्ने उहाँले जानकारी दिनुभयो । कालीगण्डकीको १४० मेगावाट, मध्यमर्याङ्दीको ६८ मेगावाट निर्यात गर्ने तयारीमा प्राधिकरण जुटेको छ । कोइला सङ्कटका कारण भारतमा अहिले विद्युत्को माग अत्यधिक रहेकाले यो वर्षातमा महँगोमा बिजुली बेच्न पाउने आशा प्राधिकरणको छ । भारतीय बजारमा निर्यात सुरु गरे पनि हाललाई आयात भने रोकिएको छैन । खास गरी पश्चिम नेपालमा विद्युत् आपूर्ति सन्तुलन गर्नका लागि भारतबाट दिउँसोको समयमा आयात भइरहेको छ । प्राधिकरणका अनुसार बुधबार ३४ हजार ३१३ मेगावाट घण्टा विद्युत् खपत भएकोमा तीन हजार ३५६ मेगावाट घण्टा विद्युत् आयात भएको देखिएको छ । घिसिङका अनुसार करिब दुई साता भारतबाट सामान्य आयात निरन्तर हुनेछ । पूर्वी नेपालबाट पश्चिममा आपूर्ति गर्न प्रसारण लाइनको सीमितताका कारण टनकपुरबाट आयात गरिएको हो । भरतपुर–बर्दघाट चार सय केभी प्रसारण लाइन निर्माण नसकिएकाले यस्तो समस्या रहँदै आएको हो । प्राधिकरणले यो वर्षात्मा भारतीय खुला बजारमा पाँच सय मेगावाटसम्म बिजुली बिक्री गर्ने योजना बनाएको छ । प्राधिकरणले भारतीय खुला बजारमा निर्यात गर्नका लागि हालसम्म छवटा आयोजनाबाट ३६४ मेगावाटको अनुमति पाएको छ । गत चैतमा कालीगण्डकी ‘ए’ को १४० मेगावाट, मध्य मस्र्याङ्दीको ६८ मेगावाट, मस्र्याङ्दीको ६७ मेगावाट र निजी क्षेत्रको लिखु–४ को ४१ मेगावाट विद्युत् आईआईएक्समा सूचीकृत हुने अनुमति पाएको हो । हालकै अनुमतिको अतिरिक्त व्यवस्थाका आधारमा प्राधिकरणले ४१२ मेगावाटसम्म बिजुली बिक्री गर्न पाउने प्रमुख कार्यकारी निर्देशक घिसिङको भनाइ छ । गत चैतमा सम्पन्न प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा जारी भएको नेपाल–भारत संयुक्त दृष्टिकोणमा नेपाल–भारत विद्युत् व्यापार सहज बनाउँदै जाने उल्लेख छ । – गोरखापत्र

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …