SamwadKhabar logo

               

अर्थ व्यवसाय

बजेटमा मन्त्रालयगत छलफल आजदेखि

संवाद खबर

संवाद खबर

जेठ २३, काठमाडौँ ।आर्थिक वर्ष २०७९÷८० को बजेटको मन्त्रालयगत शीर्षकमाथि सोमबारदेखि छलफल प्रारम्भ हुँदैछ । सैद्धान्तिक छलफल सकिएपछि सोमबारदेखि मन्त्रालयगत छलफल थाल्न लागिएको हो । सङ्घीय संसद् सचिवालयले छलफल र विभागीय मन्त्रीको जवाफको सम्भावित तालिका तयार पारिसकेको छ तर कार्यव्यवस्था परामर्श समितिले प्राप्त मन्त्रालयगत विवरणका आधारमा सम्भावित कार्यतालिकालाई हेरफेर गर्नसक्ने छ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सोमबारका लागि तय भएका सातमध्ये पाँच मन्त्रालयको विवरणसमेत प्राप्त भइसकेको जानकारी दिनुभयो । जेठ २५ गतेसम्म मन्त्रालय र मातहतका कार्यालयको विनियोजन शीर्षकको छलफल सक्ने तयारी सचिवालयको छ । सचिवालयले तयार पारेको कार्यतालिकाअनुसार सोमबार कानुन, न्याय तथा संसदीय मन्त्रालय, युवा तथा खेलकुद, श्रम रोजगार, वन तथा वातावरण, सहरी विकास मन्त्रालय शीर्षकमा छलफल हुनेछ । यस्तै भूमि व्यवस्था, महिला तथा बालबालिका मन्त्रालय शीर्षकमा पनि सोमबार नै छलफलको कार्यतालिका छ । यस्तै मङ्गलबार कृषि तथा पशुपन्छी, शिक्षा, उद्योग, संस्कृति पर्यटन, भौतिक पूर्वाधार, परराष्ट्र र खोनेपानी मन्त्रालय शीर्षकमा छलफल हुनेछ । जेठ २५ गते अर्थ, स्वास्थ्य तथा जनसङ्ख्या, सङ्घीय मामिला, ऊर्जा, सञ्चार तथा सूचना प्रविधि, गृह मन्त्रालय शीर्षकमा छलफल हुनेछ । यस्तै राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, योजना आयोगको सचिवालयको बजेटमा पनि जेठ २५ गते नै छलफल हुनेछ । जवाफका लागि विभागीय मन्त्रीहरूलाई दुई दिनको समय छुट्याइएको छ । जसमा जेठ २६ गते १२ मन्त्रालय २७ गते बाँकी मन्त्रालय र कार्यालय शीर्षकमा उठेका प्रश्नमा विभागीय मन्त्रीले जवाफ दिनेछन् । मन्त्रालयगत छलफल सकिएपछि विनियोजन विधेयक पारितको प्रक्रिया अघि बढ्नेछ ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …