खुल्ला दिशामुक्त देश घोषणमा मात्रै सिमित
२३ जेष्ठ, काठमाडौँ ।
नेपाल खुल्ला दिशामुक्त देश २०७६ असोज १३ गते घोषण भएको आज तीन वर्ष भैइसक्दा पनि विभिन्न ठाँउ अझैपनि दिशापिसाव गर्नलाई सार्वजनिक सौचालय खोज्न पर्छ ।
होटलमा, रेष्टुरेन्टमा खाजा, खाना खाने बाहानामा दिशाविसाप गर्न पर्ने बाध्यता छ । यदाकदा सार्वजनिक ठाँउमा भएका सौचालयहरुमा उचित व्यवस्था छैन । सौच गरिसकेपछि सौच पखाल्न होस या हात धुन होस पानी हुदैन, कतिपय ठाँउमा चुकुल हुदैन भने कतिपय ठाँउमा ढोका पनि । कतिपय ठाँउमा पैसा नतिरी सौच बस्न नदिने गर्दछन । पैसा हुनेहरुलाई ठिकै, पैसा हुदाँको बेला ठिकै, पैसा नहुँदा फेरि के नि ? विकल्प बाटोघाटो वा खुल्ला ठाँउ नै हो । सहर बजारमा सडक बालबालिका लगायतका, सडकमा व्यवारिसे रुपमा रहेका व्यक्तिहरुसँग त पैसा पनि हुदैन विकल्प खुल्ला नै हो । यस्तो देशको राजधानी काठमाडौँ शहरमै अनुभव गर्न सकिन्छ ।
धेरै टाढाको दुरदराजका गाँउठाँउमा जानु पर्दैन । यस्तो हरिविजोक हुँदा पनि सम्वन्धित निकायका सारोकावाला व्यतिहरुको ध्यान जादैन । यी र यस्ता कुराको व्यवस्था नगरि घोषण गरे ठूलो भइन्छ भन्ने र भाषण गर्नेलाई शब्द पुग्ने । वास्तविकता के छ ? कस्तो छ ? साइटमा के भयो के हुदैछ ? होजो बोलेको भएको छ छैन? जाँचबुज गर्ने होइन ? सरोकावाला व्यक्तिहरु आफ्नै धुनमा मस्त छन्, कुनै किसिमको चासो छैन । आपत र विपत पर्ने भनेको सोजासाझा जनतालाइै हो । चाँहे सौच गर्न होस वा अन्य सरकारकासँग सम्वन्धिका कामहरु गर्नमा होस् ।
अखिर कहिले सम्म यस्तै चल्ने हो थाहा छैन ? सरकारमा रहेका व्यक्तिहरुले मौखिक रुपमा भन्दिए भैहाल्यो कार्र्यन्वयनमा होस कि न होस ? ठूला ठूला कुरा गरेर जनतालाई भ्रममा राखेर आफ्नो दुनो सोझाउने मात्रै छन् । देश र जनताको निम्ति, जनताको दुःख पिडालाई बुझोर जनताको आवाज बनेर कस्ले बोलिदिने ?