SamwadKhabar logo

               

राजनीति

यौन हिंसाको कानुन बनाउँदा पुरुष पनि पीडित छन् भन्ने भुल्नु हुँदैन : गंगा चौधरी

संवाद खबर

संवाद खबर

यौन हिंसाको कानुन बनाउँदा पुरुष पनि पीडित छन् भन्ने भुल्नु हुँदैन : गंगा चौधरी
जेठ २३, काठमाडौं । सांसदहरूले यौन हिंसा घटनामा दोषी उम्कन नहुने र निर्दोषले सजाय भोग्ने अवस्था सृजना नहुने गरी कानुन बनाउनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथिको छलफलमा सहभागी भएका सांसदहरुले पीडक उम्कन नपाउने गरी हदम्याद राखिनुपर्ने र पुरुष पनि पीडित बनेका घटनालाई मध्यनजर गरेर कानुन बनाउनुपर्ने सुझाव दिएका हुन् । यसैक्रममा गंगा चौधरीले महिला वा पुरुष जोसुकै दोषी भए पनि कारबाही हुने गरी कानुन बनाउनुपर्ने बताइन् । पुरुषका लागि पनि सांसलले आजाज उठाउनु पर्ने बताएकी उनले महिलाको मात्र होइन पुरुषको पीडाको लागि पनि कानुन बोल्नुपर्ने बताइन् । पुरुषको पक्षमा पनि कानुन संशोधन गर्नुपर्ने बताएकी उनले भनिन्, ‘पुरुष पनि पीडित छन् भन्ने कुरा भुल्नु हुँदैन ।’ निर्देष पुरुष नफस्ने गरी कुन कुन अवस्थाका लागि हदम्याद राख्ने भन्ने विषयमा ख्याल गर्नुपर्ने बताएकी उनले बलात्कारका सबै घटनाका लागि हदम्याद राख्न नहुने बताइन् । मन मिलेसम्म लभ र नमिले बलात्कारको आरोप लगाएर जेल हालेको सदनमै पूर्वसभामुखको घटना हेरेको भन्दै उनले भनिन्, ‘मन मिलेसम्म ’लभ’ र नमिलेपछि ’रेप’को संज्ञा दिने रु सम्मानित सदनमा बसेका पूर्वसभामुखको घटना पनि हेरेका छौं । बलात्कारको संज्ञा दिएर ६ महिना जेल कोचियो । यो कुरा हामीले भुल्नु हुँदैन ।’ आफूलाई महिलाको विरुद्धमा बोलेको आरोप नलगाउनन आग्रह गर्दै उनले आफू सांसद रहेको र देशका लागि कानुन बनाउँदा सबै पक्षको ख्याल गरिनुपर्ने बताइन् ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन गर्ने

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन गर्ने

६ कार्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन …

गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

५ कार्तिक, काठमाडौं । गण्डकीको वन मन्त्रीमा लमजुङका भेषबहादुर पौडेल नियुक्त हुनुभएको…