SamwadKhabar logo

समाचार

आजदेखि उठाइँदै काठमाडौं उपत्यकाको फोहोर

संवाद खबर

संवाद खबर

आजदेखि उठाइँदै काठमाडौं उपत्यकाको फोहोर
जेठ २४, काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर आजबाट उठाइने भएको । सिसडोल र बन्चरेडाँडा फोहोर लैजान दिने सहमति भएसँगै आजदेखि काठमाडौं उपत्यकाको फोहोर उठाइने भएको हो । सोमबार सहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्रीसहित बसेको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहोर उठाएर सिसडोल र बन्चरेडाँडा लैजान दिने सहमति भएको थियो । सहमतिअनुसार बञ्चरेडाँडामा ल्यान्डफिल साइट प्रभावित क्षेत्रमा सहरी विकास मन्त्रालयबाट आगामी आर्थिक वर्षका लागि विभिन्न पाँचवटा सडकका लागि रु. ४२ करोड ५० लाख, नदी नियन्त्रण कार्य, सामुदायिक भवन मन्दिर निर्माण र वृक्षारोपण कार्यक्रमका लागि एक करोड ७० लाख विनियोजन गरिएको छ । जसका लागि जम्मा दुई करोड १२ लाख रुपैयाँ खर्च गर्ने सहमति भएको छ । जग्गा अधिग्रहणको सम्बन्धमा वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन प्राप्त भएपछि सो प्रतिवेदनको आधारमा अधिग्रहण गर्नुपर्ने जग्गा एकिन गरी अधिग्रहणको प्रकृया सुरु गर्ने सहमति भएको छ । यस्तै, धुनिवेँसी नगरपालिकाका वडा नम्बर १, ३, ४ र ककनीको वडा नम्बर १, २ र ३ का प्रभावित क्षेत्रका स्थायी बसोवास गरिरहेका बासिन्दालाई नेपाल स्वास्थ्य बिमा वोर्डबाट विधि र प्रक्रिया पूरा गरी दोहोरो नपर्ने गरी स्वास्थ्य विमा गर्ने सहमति भएको छ । धुनिवेसी नगरपालिकाका वडा नम्बर १, ३, ४ र ककनी गाउँपालिकाको वडा नम्बर १, २ र ३ का प्रभावित क्षेत्रका वडाहरूको पूर्वाधार विकासका लागि विगतमा उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिने सहमति भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को प्रतिवेदनलाई आधार मानी १० दिन भित्र रासायनिक वा जैविक उपचार गरी दुर्गन्ध हटाउने कार्यको प्रारम्भ गर्ने फोहोरलाई स्रोतमै छुटयाउने प्रकृया सुरु गर्दै हाल उपत्यकामा थुप्रिएका फोहोरलाई अहिल्यकै अवस्थामा बढीमा असार मसान्तसम्म उठाई लैजानका लागि जेठ २४ गते देखि नै फोहोर उठाउने र माटोले फोहोर छोप्ने व्यवस्था मिलाउने सहमति भएको छ । यसैगरी साउन १ गतेदेखि उपत्यकामा उत्पादन हुने फोहोरलाई स्रोतमै वर्गीकरण गरी लैजाने व्यवस्था गर्ने पनि बताइएको छ । सहमतिपत्रमा सहरी विकास मन्त्रालयकोतर्फबाट बन्चरेडाँडा फोहोर व्यवस्थापन आयोजनाका आयोजना निर्देशक रवीन्द्र बोहरा, काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत तर्फबाट लोकनाथ पौडयाल र धुनिबेँशी नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले हस्ताक्षर गरेका छन् ।

ताजा

सबै

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि