SamwadKhabar logo

समाचार

वडा सदस्यद्वारा विपन्नलाई घर निर्माण गरी हस्तान्तरण

संवाद खबर

संवाद खबर

वडा सदस्यद्वारा विपन्नलाई घर निर्माण गरी हस्तान्तरण
जेठ २४, हरिवन । सर्लाहीको हरिवनमा नवनिर्वाचित वडा सदस्यले विपन्न एक परिवारलाई घर निर्माण गरिदिएका छन् । आइतबार एक कार्यक्रमकाबीच हरिवन नगरपालिका–८, निवासी एक परिवारलाई उक्त घर हस्तान्तरण गरिएको हो । हरिवन नगरपालिका–८, निवासी मंगल सिंह दंगाली मगर परिवारलाई सोही वडाबाट निर्वाचित वडा सदस्य सोनी गुर्मछानले एक कोठाको पक्की घर बनाइदिएका हुन् । अत्यन्त विपन्न एवं आफन्त समेत कोही नरहेको उक्त परिवार बर्षौदेखी खपडाको छानो भएको झुपडिमा बस्दै आएका थिए । घर बनाउने हैसियत नभएका उनीहरु पक्की घर पाएपछि खुसी भएका छन् । गुर्मछानले ब्यक्तिगत २ लाख ५० हजार लागानीमा उक्त घर निर्माण गरिदिएको बताए । छिमेकी समेत रहेका दंगालीको आर्थिक अवस्था अत्यन्त कमजोर रहेकाले आफुले केही गरौँ भन्ने उदेश्यले घर तयार गरिदिएको उनको भनाई छ । घर निर्माण भएको ५ धुर जग्गा भने दंगाली परिवारकै हो । उक्त घर हरिवन नगरपालिकाकी नवनिर्वाचित उपप्रमुख हरिमाया घलानको प्रमुख आतिथ्यतामा हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा हरिवन नगरपालिका–८, का नवनिर्वाचित वडाध्यक्ष प्रज्वल ढुंगाना र अन्य नवनिर्वाचित वडा सदस्य लगाएतको उपस्थिती रहेको थियो ।

ताजा

सबै

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि