SamwadKhabar logo

               

संघीय खबर

साइबर ब्यूरोमा अख्तियारको छानबिन

संवाद खबर

संवाद खबर

साइबर ब्यूरोमा अख्तियारको छानबिन
जेठ २४, काठमाडौं । नेपाल प्रहरीका केही ठेक्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । अख्तियारको छानबिनपछि केही ठेक्का त रद्द नै भइसकेका छन् । प्रहरीको साइबर ब्यूरोले करिब डेढ करोडमा खरिद गर्न लागेको ‘लग एनलाइसिस टुल्स’को ठेक्का हालै रद्द भएको छ । योग्यता नै नपुगेको कम्पनीलाई मिलेमतोका आधारमा ठेक्का दिन लागेको भनेर उजुरी परेपछि भ्रष्टाचारमा परिने डरले ठेक्का रद्द गरिएको छ । ह्याकिङसम्बन्धि अनुसन्धानका लागि ब्यूरोले सो प्रविधि खरिद गर्न लागेको थियो । ठेक्का रद्द भएपनि अख्तियारको छानबिन भने रोकिएको छैन । ठेक्का प्रक्रियामा संलग्न केहीलाई आयोगले बयानमा बोलाउने तयारी गरेको छ । उता काठमाडौं परिसर र काठमाडौं उपत्यकाका अपराध अनुसन्धान कार्यालयको भवन निर्माणमा पनि अनियमितता भएको उजुरी परेका छन् । काठमाडौं परिसरको भवन निर्माणको ठेक्का समानान्तरले पाएको हो । करिब ९० करोड रुपैयाँमा उसले सो ठेक्का पाएको हो । ठेक्कामा एकातर्फ मिलेमतो रहेको र अर्कोतर्फ समयमा काम समेत नहुने देखिएको छ । सम्झौताअनुसार दुई वर्षभित्र काम सम्पन्न हुनुपर्नेमा आधा काम पनि सम्पन्न भएको छैन । त्यस्तै, अपराध अनुसन्धान कार्यालयको भवन टेकुमा निर्माण भइरहेको छ । विकोई विल्डर्सले सो भवन निर्माण गरेको हो । उनको काम अझै सुस्त छ । प्रहरीलाई ठेक्काको कमिसन खुवाइसकेको भन्दै उनीहरुले एकातर्फ निर्माणमा ढिलाई गरेका छन् भने, अर्कोतर्फ सम्झौतामा उल्लेख भएअनुसार संरचना समेत निर्माण नभएको स्रोत बताउँछ । त्यस्तै, सिम लोकेटर मेसिन खरिदको ठेक्कामा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरीरहेको छ । सेटिङका गोल्छा समूहको नियोटेरिक नेपाल प्रालिले साढे सात करोडमा सो ठेक्का पाएको थियो । तर, उसले समयमा मेसिन जडान गर्न सकेन । मिलेमतोकै आधारमा असक्षम कम्पनीलाई ठेक्का दिन उसले काम गर्न सकेन । सिम लोकेटर खरिदको विवादमा सिआइबीका तत्कालिन प्रमुख एआइजी सहकुल थापा समेत विवादमा मुछिएका थिए । हाल खरिद प्रक्रिया रद्द भएपछि अदालतमा मुद्दा परेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…