SamwadKhabar logo

               

अर्थ व्यवसाय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा किन भइरहन्छ बारम्बार एयर ट्राफिक जाम ?

देवराज रिजाल

देवराज रिजाल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा किन भइरहन्छ बारम्बार एयर ट्राफिक जाम ?
२४ जेष्ठ, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) देशको पुरानो ऐतिहासिक विमानस्थल हो। टिआइए सञ्चालनमा आएको करिब ७० वर्षपछि मुलुकभित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हालै सञ्चालनमा आएको छ। निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालनको तयारीमा छ। मुलुकभित्र तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल भएका छन्। करिब २८ वर्षदेखि चर्चामा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको बहस पनि जारी छ। तर देशको राजधानीमा रहेको पुरानो ऐतिहासिक टिआइए पूर्ण क्षमतामा सञ्चालन हुँदा पनि हवाई यात्रुको चाप धान्न हम्मेहम्मे छ। भूधरातलीय स्वरूप, मनसुनी प्रभाव तथा एयरलाइन्सको स्लट व्यवस्थापन प्रभावकारी नहुँदा टिआइएमा बारम्बार हवाई ट्राफिक जाम हुने गरेको पाइएको छ। अन्तर्राष्ट्रिय उडान डेढ घण्टासम्म आकाशमा फन्को लगाउँदै ‘होल्ड’ हुने गरेका छन्। अन्तर्राष्ट्रिय मात्र हैन आन्तरिक उडानमा पनि बेला(बेलामा होल्ड तथा जहाज ‘डाइभर्ट’ हुने गरेका छन्। त्यसो त टिआइएमा बारम्बार दोहोरिने यो समस्या समाधानका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण, टिआइए नागरिक उड्डयन कार्यालय तथा सञ्चालित एयरलाइन्सले पहल नगरेका भने हैनन्। तर, टिआइएको समस्या जहाँ को तहीँ छ। सरोकारवाला विज्ञ विमानस्थल साँघुरो भएकाले विस्तार गर्ने योजना कार्यक्रम अघि बढाइरहेका छन्। कूल ९२ लाख यात्रु क्षमताको टिआइएको क्षमता अभिवृद्धि र एयर ट्राफिक कन्ट्रोल र स्लट व्यवस्थापनमा जुटिरहेकै देखिन्छ। तथापि, टिआइएमा जहाज होल्ड हुने र उडान समयावधि तलमाथि हुने समस्या निदान हुन सकेको छैन। अहिले हवाई ट्राफिक जामले जहाज होल्ड हुनाका साथै डाइभर्ट गर्नुपर्ने विमानस्थलको बाध्यता छ। यसमा विशेषगरी हवाई यात्रुले त्रसित र जोखिमपूर्ण हवाई यात्रा गर्नुपर्ने बाध्यता बढेको छ। किन टिआइएमा बारम्बार हवाई ट्राफिक जाम हुनेबारे प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम विशेषगरी मौसम र स्लट व्यवस्थापन प्रभावकारी हुन नसक्दा एयर ट्राफिक जाम हुने गरेको अनुभव सुनाउँछन्। ‘कहिलेकाहीँ डेढ घण्टासम्म हामी आफैं पनि एयर ट्राफिक जाममा परेको अनुभव छ, मौसमी कारण हो भिजिबिलिटी कमजोर हुँदा जहाज अवतरण उडानमा समस्या हुने गर्दछ।’ मनसुनको समयमा टिआइएमा बढी जहाज होल्ड हुने गरेका छन्। विदेशी एयरलाइन्स पनि सहज समयमा मात्रै उडान भर्न चाहने अर्थात् दिउँसोको समय उनीहरूको रोजाइ पर्ने भएकाले पनि स्लट व्यवस्थापनमा चुनौती देखिएको पूर्वमहानिर्देशक गौतमको भनाइ छ। आन्तरिक उडानमा पनि एयरलाइन्स प्रायः एकै समयमा स्लट लिने भएकाले उडान चाप हुने बताइन्छ। प्राधिकरणले टिआइए २४ घण्टा र आन्तरिक उडान १८ घण्टा अर्थात् आन्तरिक उडान पनि बिहान ५ बजेदेखि राति १२ बजेसम्म सञ्चालन गर्ने निर्णय गरिसकेको छ। टिआइएको हालको दुवैतर्फको टर्मिनल भवन साँघुरो रहेको र कतिपय प्राविधिक उपकरण व्यवस्थापन हुन नसक्दा पनि हवाई उडान व्यवस्थापनमा समस्या उत्पन्न भइरहेको छ। वायुसेवा सञ्चालक संघ नेपालका प्रवक्ता योगराज कँडेल शर्मा पनि मौसम खराबीका साथै स्लट व्यवस्थापन राम्रो नभएकाले हवाई ट्राफिक जाम बढेको बताउँछन्। उनले भने, ‘विमानस्थलको स्लट क्यापासिटी कम छ, जहाज थपिइरहेका छन् तर विमानस्थल विस्तार भएको छैन, एकमात्रै धावनमार्गमा सबै जहाज एक समय उडान भर्न चाहन्छन् यसले पनि चाप बढेको देखिन्छ।’ मौसमी कारण पनि उडान तालिकाअनुरूप जहाज नउड्दा हवाई चाप बढाएको छ। त्यस्तै, आइएफआर भिजिबिलिटीको मापदण्डअनुरूप एयरलाइन्सले उडान गर्ने भएकाले पनि ट्राफिक जाम हुने गरेको छ। क्षणभरमै मौसम परिवर्तन हुने भौगोलिक अवस्थितिले पनि जहाज होल्ड हुनुपर्ने बाध्यता थपिएको छ। यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले अन्तर्राष्ट्रिय मात्र नभई आन्तरिक उडान पनि समय समयमा होल्ड हुने गरेको बताए। उनको अनुभवमा पछिल्लो साता पोखरा, भैरहवालगायत गन्तव्यबाट काठमाडौं आउने जहाज ४५ मिनेटदेखि १ घण्टा ट्राफिक जाममा परेका थिए। आन्तरिक जहाज पनि आइएफआर उडानमा गएपछि स्वाभाविक रूपमा जाममा पर्ने गर्छन्। प्राधिकरणका पूर्वमहानिर्देशक गौतमको भनाइमा एक जहाज होल्ड हुनासाथ त्यसले आउँदै गरेका सबैजसो जहाज होल्ड हुन्छन्। जसले उडानको तयारीमा रहेका जहाजलाई पनि असर गर्छ।सोही कारण उडान ‘डिले’ हुने गरेको छ। एकमात्रै धावनमार्गमा प्यारालल ट्याक्सी वे पूर्ण नभएको तथा जहाजको सङ्ख्या बढिरहेकाले पनि हवाई ट्राफिक जाम हुने गरेको एयरलाइन्सहरूको बुझाइ छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा टिआइएमा दोस्रो टर्मिलन भवन बनाउने योजना समेटेको छ। विमानस्थलको क्षमता विस्तारका लागि विभिन्न आयोजना पनि सञ्चालन भइरहेका छन्। भैरहवा र पोखरा विमानस्थल सञ्चालनमा आउँदा हालको टिआइएको चाप व्यवस्थापन हुने भनिए पनि वार्षिक हवाई यात्रुवृद्धि दर हेर्दा हालको पूर्वाधारले नधान्ने प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी बताउँछन्। उनले कूल ९२ लाख यात्रु क्षमताको टिआइएको ‘अकुपेन्सी फुल’ भइसकेको छ। नेपालको हवाई यात्रु सङ्ख्या हरेक वर्ष १० लाखका दरले बढिरहेको छ। एयर ट्राफिक ग्रोथ’ वार्षिक १० प्रतिशतको छ। एसिया प्रशान्त क्षेत्र तथा छिमेकी मुलुक भारत र चीनको हवाई यात्रु सङ्ख्या पनि १० प्रतिशत हाराहारीको वृद्धि छ। अबका २० वर्षमा संसारको हवाई यात्रु सङ्ख्या हालको चार अर्बबाट दोब्बर वृद्धि भई आठ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ। ‘नेपालले वार्षिक तीन करोड हवाई यात्रु धान्नुपर्ने बाध्यात्मक अवस्था छ, अर्को विमानस्थल बनाउन सकेनौं भने अब हाम्रो आकाश बन्द हुने अवस्थामा छ,’ महानिर्देशक अधिकारीले भने। हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आन्तरिकतर्फ १० हेलिकोप्टर कम्पनीसहित २० एयरलाइन्स तथा अन्तराष्ट्रिय उडानमा दुई नेपालीसहित २४ वटा एयरलाइन्सले उडान भर्दै आएका छन्। रासस  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …