SamwadKhabar logo

समाचार

इम्बोस्ड नम्बर जडान गर्ने बाध्यकारी व्यवस्थाप्रति यातायातविज्ञ प्रधानको असन्तुष्टि

संवाद खबर

संवाद खबर

इम्बोस्ड नम्बर जडान गर्ने बाध्यकारी व्यवस्थाप्रति यातायातविज्ञ प्रधानको असन्तुष्टि
जेठ २४, काठमाडौं । यातायातविज्ञ देवेन्द्र प्रधानले सरकारले ल्याउन खोजेको इम्वोस्ड नम्बर व्यावहारिक नभएको बताएका छन् । उनले इम्बोस्ड नम्बर के कारणले कसको स्वार्थले लागू गर्न खोजिएको हो भनेर प्रश्न गरेका छन् । इम्बोस्ड नम्बर लागू गर्न सरकारले बाध्यकारी बनाएपछि यसको विरोधमा आवाज उठेको छ । प्रधानले इम्वोस्ड नम्बर नभएर यसलाई एम्बुस नम्बर भनेका छन् । ‘यो इम्बोस्ड होइन, एम्बुस नम्बर हो, यो कसैको स्वार्थले ल्याइएको प्रष्ट छ’ प्रधानले भने ‘ इम्वोस्ड नम्बर जडानको ठेक्का पाएको कम्पनी नै विवादित छ, यसले कसैको पनि हित गर्दैन ।’ प्रधानले सरकारले हचुवाको भरमा इम्बोस्ड नम्बर जडान गर्नुपर्छ भनेर सवारीलाई बाध्य पार्नु अव्यवहारिक भएको बताए । ‘यो के कारणले कसरी आयो भन्ने जवाफ सरकारले दिन सकेको छैन, सवारीसाधनलाई बाध्य बनाउनु र जडान नगरे कारबाही गर्छु भन्नु गलत हो’ उनले भने ‘ इम्बोस्ड नम्बर जडान नगरे साउनदेखि जरीवाना गर्ने भन्ने निर्णयले मानिसमा त्रास फैलाएको छ ।’ प्रधानले सरकारले पूर्व तयारी नगरी यो निर्णय गरेको उनको आरोप छ । सरकारले गत शुक्रबार एक सूचना जारी गरी साउनदेखि इम्वोस्ड नम्बर अनिवार्य गर्नुपर्ने भनेको छ । पटक पटक विवादित बनेको इम्बोस्ड नम्बर जडान गरेर सरकारले पैसा कमाउनमात्र खोजेको उनको आरोप छ । इम्वोस्ड नम्बर पढ्न अप्ठ्यारो हुने भएकाले सवारीसाधन दुर्घटना गरेर भाग्ने सम्भावना बढी भएको उनको बुझाई छ । ‘इम्वोस्ड नम्बरले नेपालीपन पनि गुम्ने खतरा छ’ उनले भने ‘यस्तो विवादित अवस्थामा इम्वोस्ड नम्बर जडान गर्नु हुँदैन, सरकारले आफ्नो निर्णय फिर्ता लिनुपर्छ ।’ उनले सरकारले यो विषयमा कसैसँग पनि छलफल नगरेको बताए । सरकारले स्मार्ट लाइसेन्स वितरण गर्न नसकेको अवस्थामा आएको यो निर्णय हास्यास्पद भएको उनको टिप्पणी छ । यो निर्णय भएपछि कारबाहीमा परिने डरले सवारीधनहरु यातायात कार्यालयमा पुगिसकेका छन् । सरकारले कसरी सहज ढंगले इम्वोस्ड नम्बर जडान गर्ने भन्ने पनि स्पष्ट पारेको छैन ।

ताजा

सबै

सुर्खेत–दैलेखको सिमानामा गाडी दुर्घटना हुँदा ४ को मृत्यु, २५ घाइते

२३ कार्तिक, काठमाडौंं । सुर्खेतदैलेखको सिमानामा फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको म…

बेतका फर्निचरबाट मासिक ५० हजार कमाउँछन् राजकुमार श्रेष्ठ

२३ कार्तिक, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका७ का ६२ वर्षीय राजकुमार श्रेष्ठ…

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम अनुमोदन

२३ कार्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित…

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

२३ कार्तिक, काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषय…

लोकप्रिय

सबै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

२० कार्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घ…

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि सुरु

२१ कार्तिक, काठमाडौं । तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुने …

माकलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२० कार्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका८ माकलबारीमा स्कुटर दुर्घटना …

२४ वर्षपछि बागलुङको निरयघाटमा हरिबोधिनी एकादशी मेला लाग्ने

२२ कार्तिक, काठमाडौं । बागलुङको निरयघाटस्थित कालीगण्डकी किनारामा २४ वर्षसम्म रोकिएको…

यो पनि