SamwadKhabar logo

               

अर्थ व्यवसाय

नेपालमा लगानी गर्न चिली इच्छुक, नेपाल चेम्बर अफ कमर्सले सहकार्य गर्ने

संवाद खबर

संवाद खबर

नेपालमा लगानी गर्न चिली इच्छुक, नेपाल चेम्बर अफ कमर्सले सहकार्य गर्ने
जेठ २४, काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र चिली नेपालमा लगानीका लागि इच्छुक देखिएको छ । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र नेपालका लागि चिलीका राजदूत जुवान एङगुलोबीच काठमाडौंको जमलस्थित चेम्बर भवनमा मंगलबार भएको भेटवार्तामा दुई देशबीच सहकार्य तथा लगानीका विभिन्न विकल्पमा छलफल भएको हो । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले पर्यटन, जलश्रोत, सूचनाप्रविधि तथा जडीबुटीजन्य क्षेत्रमा लगानीको सम्भावनाबारे राजदूत एङगुलोलाई अवगत गराउनु भएको थियो । नेपाल र चिलीबीचको कुटनीतिक सम्बन्ध ६० वर्ष भन्दा पुरानो भएको सन्र्दभमा आर्थिक सम्वन्धलाई थप बलियो बनाउनु पर्नेमा अध्यक्ष मल्लले जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘दुई देशबीच कुटनीतिक सम्वन्ध स्थापना भएको ६० वर्ष पुरा भएको छ । सरकारी र निजी क्षेत्रबीचको सहकार्य मार्फत आर्थिक सम्वन्धलाई थप बलियो र प्रभावकारी बनाउन चाहान्छौं । ’ नेपाल चेम्बर र चिली चेम्बर अफ कमर्सबीच बाणिज्य तथा लगानीका क्षेत्रमा सहकार्य गर्न पनि अध्यक्ष मल्लले आग्रह गर्नुभयो । खासगरि नेपालको जलविद्युत तथा पर्यटनको क्षेत्रमा लगानी र प्रतिफलको सुरक्षणबारे अध्यक्ष मल्लले राजदूत एङगुलोलाई जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘बैदेशिक लगानीको सुरक्षणका लागि नेपालले पछिल्लो समय नीतिगत तहमा थुप्रै सुधार गरिसकेको छ । आगामी बर्षको बजेटमा पनि सरकारले ५० वर्ष सम्म जग्गा भाडामा उपलब्ध गराउने घोषणा गरेको छ, चिलीको लगानी सुरक्षण गर्न हामी प्रतिवद्धता जनाउँछौँ ।’ अन्तराष्ट्रिय रुपमा बढी माग हुने बस्तुहरुको उत्पादनका लागि नेपाल उपयुक्त गन्तव्य भएको अध्यक्ष मल्लले बताउनुभयो । नेपालमा जग्गाको मुल्य र श्रमको लागत सस्तो पर्ने भन्दै अध्यक्ष मल्लले चिलीको लगानीमा उद्योग खोलेर भारत, चीन लगायत दक्षिण एसिया, युरोप र अमेरिकी बजारमा बिक्री गर्न सकिने बताउनुभयो । राजदूत एङगुलोले पनि नेपालको बर्तमान आर्थिक अवस्था र लगानीको वातावरणबारे जानकारी लिनुभएको थियो । नेपाल हिमालयको देश भन्दै उहाँले पर्यटनको क्षेत्रमा अथाह सम्भावना आफुले देखेको बताउनुभयो । नेपालमा लगानीको सम्भावनाबारे आफ्नो देशको निजी क्षेत्र र नागरिकहरुलाई जानकारी गराउने राजदूत एङगुलोले प्रतिबद्धता जनाउनुभयो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …