SamwadKhabar logo

               

अर्थ व्यवसाय

लुम्बिनी प्रदेश सरकारको नीति कार्यक्रम आज, कृषिलाई प्राथमिकता

संवाद खबर

संवाद खबर

लुम्बिनी प्रदेश सरकारको नीति कार्यक्रम आज, कृषिलाई प्राथमिकता
जेठ २५, बुटवल। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ। दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो। १०औँ अधिवेशनको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले नीति कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार नीति कार्यक्रममा कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकता दिइने छ। नीति कार्यक्रमले निर्धारण गरेका प्राथमिकताका आधारमा बजेट ल्याउने तयारी पनि प्रदेश सरकारले गरेको छ। यसअघि प्रदेश सरकारले जेठ २३ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरे पनि दुई दिन पर सारिएको थियो। आगामी असार १ गते सार्वजनिक हुने बजेटका लागि प्रदेश सरकारले प्रि– बजेट छलफल कार्यक्रम पनि चलाइरहेको छ। अघिल्लो वर्ष स्वास्थ्यलाई प्राथमिकता दिएको लुम्बिनी प्रदेश सरकारले अहिले कृषिसँगै अन्य विषयलाई प्राथमिकता राखेर छलफल गराइरहेको आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले जानकारी दिए।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …