SamwadKhabar logo

               

संघीय खबर

नीति तथा कार्यक्रममा समेटिएका बागलुङका योजना

देवराज रिजाल

देवराज रिजाल

नीति तथा कार्यक्रममा समेटिएका बागलुङका योजना
२५ जेष्ठ, काठमाडौं । गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत बागलुङमा महत्वपूर्ण योजना अगाडि बढाउने घोषणा गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मङ्गलबार प्रदेशसभाको बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा जडीबुटी प्रशोधन केन्द्र स्थापनादेखि ढोरपाटनको पर्यटकीय गुरुयोजना बनाउनेसम्म उल्लेख छ । पटक–पटक घोषणा भई कार्यान्वयनमा आउन नसकेका कतिपय पुराना आयोजना पनि नीति तथा कार्यक्रममा परेका छन् । प्रदेश सरकारले लामो समयदेखि अन्योलमा रहेको जलाशययुक्त उत्तरगङ्गा जलविद्युत् आयोजना यथाशक्य छिटो निर्माण सुरु गर्न आवश्यक पहल गर्ने जनाएको छ । ढोरपाटन क्षेत्रमा बन्ने उक्त आयोजना निर्माणमा सरकारी घोषणा आएको वर्षौँ बिते पनि काम अगाडि बढ्न सकेको छैन । कूल ८२८ मेगावाट क्षमताको उक्त आयोजनामा रु एक खर्ब ७० अर्ब खर्च लाग्ने अनुमान छ । यस्तै देशकै एक मात्र सिकार आरक्ष रहेको ढोरपाटन क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न गुरुयोजना तयार पारिने भएको छ । ढोरपाटनको पर्यटकीय गुरुयोजना बनाउने चर्चा बेलाबेला हुने गरे पनि त्यसले अझै सार्थकता पाउन सकेको छैन । उक्त विषयलाई नीति तथा कार्यक्रममै समेटेर प्रदेश सरकारले केही आशा भने जगाएको छ । धार्मिक हिसाबले समेत महत्वपूर्ण मानिने ढोरपाटनमा पर्यटकीय पूर्वाधार निर्माण गरी पर्यटन प्रवद्र्धन गर्ने नीति लिइने जनाइएको छ । पर्यटन विकासको प्रचुर सम्भावना भएर पनि ढोरपाटन पूर्वाधार र प्रचारप्रसारका दृष्टिले पछाडि छ । प्रख्यात शिकार गन्तव्यका रुपमा ढोरपाटन परिचित छ । बागलुङ नगरपालिकास्थित पञ्चकोटलगायतका धार्मिकस्थलको संरक्षण र सम्वर्द्धनका लागि आवश्यक सहयोग उपलब्ध गराउने घोषणा प्रदेश सरकारले गरेको छ । काठेखोला गाउँपालिकाको बेलढुङ्गाबाट ओखलेधुरी–संसारकोट हुँदै पञ्चकोट जोड्ने पदमार्ग निर्माणलाई नीति तथा कार्यक्रममै समावेश गरिएको छ । जडीबुटीको व्यवसायीकरणका लागि जिल्लामा जडीबुटी प्रशोधन केन्द्र खोलिने भएको छ । बागलुङसँगै गोरखामा पनि प्रशोधन केन्द्र खोलिने नीति तथा कार्यक्रममा उल्लेख छ । बागलुङ, मुस्ताङ, म्याग्दीलगायत जिल्लामा जडीबुटी खेतीलाई ‘पकेट’ का रूपमा विस्तार गरिने भएको छ । यस्तै प्रदेशमा आलु उत्पादन वृद्धि गर्ने उद्देश्यले जिल्लाको ताराखोला र ढोरपाटनमा आलु पकेट क्षेत्र विस्तार गरिने भएको छ । आलु विशेष कार्यक्रमका लागि किसानलाई अनुदान दिइने भएको छ । कास्कीको हेम्जा र गोरखाको धार्चेमा पनि आलु पकेट कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । सदरमुकामस्थित उपप्रादेशिक तहको धवलागिरि अस्पतालमा ‘सिटीस्क्यान’ सेवा सञ्चालनमा ल्याइने भएको छ । प्रदेशकै दोस्रो ठूलो सरकारी अस्पताल भएर पनि यस अस्पतालले अहिलेसम्म ‘सिटीस्क्यान’ सेवा दिन सकेको छैन । यस अस्पतालमा देखिएको विशेषज्ञ चिकित्सकको अभावलाई दृष्टिगत गरी विशेष प्रोत्साहन कार्यक्रममार्फत जनशक्ति व्यवस्थापन गरी विशिष्टिकृत सेवा प्रदान गरिने भएको छ । समुदायमा आधारित परम्परागत पेशा तथा सीपको व्यावसायीकरणका लागि सञ्चालित भगत सर्वजित सीप विकास कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । बागलुङ भएर जाने मध्यपहाडी पुष्पलाल लोकमार्गको निर्माण हुन बाँकी खण्डको निर्माण सक्ने र नेपाललाई उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर स्तरोन्नतिको योजनालाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ । गलकोटमा व्यवस्थित सहरी विकास कार्यक्रम सञ्चालन गरिने भएको छ । त्यसका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने र जग्गा एकीकरणका लागि आवश्यक कानुन तर्जुमा गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । ‘व्यवस्थित सहर ः हामी सबैको रहर’ कार्यक्रमअन्तर्गत गलकोटसहित गोरखाको पालुङटार, स्याङ्जाको चापाकोट, नवलपुरको बुलिङटारलगायत स्थानलाई व्यवस्थित सहरका रूपमा विकास गरिने योजना छ । रासस

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…