SamwadKhabar logo

               

अर्थ व्यवसाय

मासु र दूध उत्पादनमा आत्मनिर्भर बनाउन अनुदान

संवाद खबर

संवाद खबर

मासु र दूध उत्पादनमा आत्मनिर्भर बनाउन अनुदान
जेठ २७, काठमाडौं । मासु र दूग्धजन्य उत्पादन वृद्धिका लागि प्रदेश सरकारले ७५ प्रतिशतसम्म अनुदान दिने भएको छ । विश्व बैकंको ऋण सहयोगमा सञ्चालित नेपाल लाइभ सेक्टर इनोभेसनले इलाममा आयोजना गरेको कार्यक्रममा प्रदेश १ को कृषि मन्त्रालयका सचिव मेगनाथ तिमिल्सिनाले मासु तथा दूग्धजन्य उत्पादन वृद्धिका लागि प्रदेश सरकारले ७५ प्रतिशतसम्म अनुदान दिने बताए उनले सरकारी तवरबाट खासै काम गर्न नसकिएको र दूध, पाठापाठी बाहिर पठाउन सहयोग गरिने पनि उनले बताए । “मासु र दूधको उत्पादन वृद्धि गर्नेलाई ७५ प्रतिशतसम्म अनुदान सहयोग गर्ने नीति तय गरेका छौँ, उनले भने । विश्व बैंकको सहयोगमा सञ्चालित नेपाल लाइभसेक्टर इनोभेसन आयोजनाले किसानहरूलाई सामूहिक रूपमा वा सहकारीका माध्यमबाट कृषि व्यवसाय गर्न ५० प्रतिशत अनुदान दिइरहेको छ । दूध र मासुको उत्पादकत्वमा आत्मनिर्भर बनाउने योजना रहेको आयोजना प्रमुख डा। उमेश दाहालले जानकारी दिए । उनले अनुदान परियोजना सञ्चालनबाट दूधमा ४० र मासुमा २० प्रतिशत उत्पादन वृद्धि हुने अपेक्षा रहेको बताए । यस आयोजनाबाट ५ प्रदेशका २८ जिल्लामा २८९ पालिकाहरूमा फर्महरू सञ्चालित छन् । यस परियोजनाको कुल लगानी भने ८७ मिलियन डलर रहेको बताइएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …