SamwadKhabar logo

               

युवा

रोमन लिपिमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्देश विरुद्ध विद्यार्थी परिषद्को र्‍याली

देवराज रिजाल

देवराज रिजाल

रोमन लिपिमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्देश विरुद्ध विद्यार्थी परिषद्को र्‍याली
२९ जेष्ठ, काठमाडौँ । ‘नम्बर प्लेटहरूमा देवनागरी लिपि लागू गर’ भन्ने मूल नाराका साथ प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, पोखरा महानगर एवं पृथ्वीनारायण क्याम्पस एकाई समितिद्वारा देवनागरी लिपिरहितको इम्बोस्ड नम्बर प्लेट लागू गर्ने असंवैधानिक, अव्यावहारिक र राष्ट्रहित विपरीत निर्णयको विरोध एवं दबावमुलक र्‍याली प्रदर्शन कार्यक्रम पृथ्वीनारायण क्याम्पस गेट, पोखरा महानगर सदस्य देवी शेर्पालीजीको नेतृत्वमा सम्पन्न। ‘देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ’ भनी नेपालको संविधानको धारा ७(१) मा उल्लेख भएको छ । त्यस्तै, ७(२) ले ‘नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानून बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्नेछ’ भनी प्रष्ट उल्लेख भएको हुँदा पनि यातायात व्यवस्था विभागले रोमन लिपिमा इम्बोस्ड नम्बर प्लेट लगाउनु पर्ने निर्देश जारी गर्नु संविधानको मर्मविपरीत रहेको विद्यार्थी परिषद्का कार्यकर्ताले व्यक्त गरेका छन् । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले देशभरि नै नम्बर प्लेट देवनागरी लिपिमै हुनुपर्ने माग गर्दै कार्यक्रम गरिरहेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

जेठ २७, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालकाे १५ दिवसीय संघ शिक्षा वर्ग चितवनको …

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

वैशाख १७, काठमाडौं । बागमती प्रदेश युवा परिषद्ले ३ दिने युवा सम्मेलन आयोजना गर्ने भ…

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

वैशाख ६, काठमाडौं । नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्…