SamwadKhabar logo

               

अर्थ व्यवसाय

पिउने पानीको मूल्य वृद्धि, एकैपटक जारमा ८ रुपैयाँ बढ्यो

संवाद खबर

संवाद खबर

पिउने पानीको मूल्य वृद्धि, एकैपटक जारमा ८ रुपैयाँ बढ्यो
जेठ ३०, काठमाडौं । दैनिक उपभोग्य सामानको बढ्दो  मूल्य वृद्धिसंगै पिउने पानीको पनि अस्वभाविक रुपमा मूल्यवृद्धि भएको छ । दैनिक जीवनमा असर पुग्ने गरी पिउनेपानीको मूल्य वृद्धि पछि उपभोक्ताहरुले चिन्ता व्यक्त गरेका छन् । पहिलाको तुलनामा हाल पानी जारको मूल्य वृद्धि भएपछि चौतर्फी  विरोध आईरहेको छ । त्यस्तै नेपाल बोटल वाटर उद्योग संघले पिउने पानीको जारमा मूल्यवृद्धि गरेपछि उपभोक्ता मारमा पर्ने निश्चित भएको जनाउँदै आपत्ति जनाएको छ । यसअघि बिक्रेता संघलाई १० रुपैयाँमा दिने जार अहिले १८ रुपैयाँ तोकिएको भन्दै उपत्यका बोटल तथा जारपानी बिक्रेता संघले आपत्ति जनाएको हो । बढ्दो महंगीसँगै केही मूल्य समायोजन स्वभाविक भएपनि एकैपटक जारमा ८ रुपैयाँ बढाउनु जनताको ढाड सेक्न खोजिएको उपत्यका बोटल तथा जार पानी बिक्रेता संघका अध्यक्ष राजेन्द्र अधिकारीले बताए । उद्योगीहरुले जारमा ८ रुपैयाँ बढाएर १८ रुपैयाँ कायम गरेपछि पानी वितरकहरुले हाल ३५ रुपैयाँसम्म जार बेच्नु परेको छ । खुद्रा व्यापारीसम्म आइपुग्दा हालको पानीको मूल्य लागतसहित ५० देखि ६० रुपैयाँ पर्न आउने देखिएको छ । उद्योगीहरुको एकल निर्णयले जनता मारमा परेको भन्दै उपत्यका बोटल तथा जारपानी बिक्रेता संघले विरोध शुरु गरेको संघ अध्यक्ष अधिकारीले जनाएको छ । उद्योगीहरुले उपभोक्ताको समस्यालाई ध्यानमा राख्नुपर्ने भन्दै आवाज समेत उठ्न थालेको छ । पानीको अस्वभाविक मूल्यवृद्धिमा सरकारले पनि ध्यान दिनुपर्ने नागरिकहरुले बताएका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …