SamwadKhabar logo

               

अर्थ व्यवसाय

कृषि क्षेत्रमा २.५ प्रतिशत मात्रै बजेट

संवाद खबर

संवाद खबर

कृषि क्षेत्रमा २.५ प्रतिशत मात्रै बजेट
जेठ ३१, काठमाडौं । पछिल्लो १० वर्षमा कृषि मन्त्रालय अन्तगत् सकारले औसत २.५ प्रतिशत मात्रै बजेट छुट्याएको मन्त्री महेन्द्र राय यादवले बताएका छन् । मंगलबार संसदमा जारी बजेटको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले विगतका वर्षमा कृषि सरकारको प्राथमिकतामा नपरेको तर अहिलेको सरकारले विशेष प्राथमिकताका साथ बजेट विनियोजन गरेको बताए । कुल जीडीपीको झण्डै २४ प्रतिशत (२३.९ प्रतिशत) योगदान कृषिको रहेपनि प्राथमिकतामा नपरेको बताए । तथापि, कृषि तथा पशुपन्छी क्षेत्रको वार्षिक औसत वृद्धिदर ३ प्रतिशतको हाराहारी रहेको समेत उनले बताए । मन्त्रालयको समग्र अवस्था बारे जानकारी दिँदै मन्त्री यादवले ५ वर्षमा मन्त्रालयको औसत खर्च गर्ने क्षमता ८० प्रतिशत रहेको बताए । केही वर्ष यता निरन्तर धानउत्पादन र उत्पादकत्वमा वृद्धि हुने क्रममा रहेपनि चालु आर्थिक वर्षमा आएको बेमौसमी वर्षका कारण धान उत्पादनमा ७.७४ प्रतिशतले ह्रास आएको बताए । हाल कृषिको राष्ट्रिय उत्पादकत्व हेर्दा मकैमा ४ प्रतिशत, जौमा १ प्रतिशत, आलु, तरकारी र फलफूलमा ४ प्रतिशत, चियामा १८ प्रतिशत, कफीमा ६० प्रतिशत, माछामा १२ प्रतिशत, अदुवामा १३ प्रतिशत, अलैचीमा ४० प्रतिशत, लसुनमा २३ प्रतिशत र बेसारमा १८ प्रतिशत रहेको उनले बताए । यता चालु आर्थिक वर्षको ८ महिनामा धान चामल ३७ अर्ब ५५ करोड रुपैयाँ बराबरको आयात भएकोमा मकै १४ अर्ब २९ करोड रुपैयाँ, गहुँ ५ अर्ब ३७ करोड रुपैयाँ, आलु ६ अर्ब १५ करोड रुपैयाँ, प्याज २ अर्ब १२ करोड रुपैयाँ, स्याउ ५ अर्ब ७ करोड रुपैयाँ, गोलभेँडा ४ करोड ९७ लाख रुपैयाँ र केरा १ अर्ब १६ करोड रुपैयाँ बराबरको आयात भएको मन्त्री यादवले जानकारी दिए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …