SamwadKhabar logo

               

अर्थ व्यवसाय

जग्गा वर्गीकरण नगर्दासम्म मालपोतले धितो रोक्का नगर्ने

देवराज रिजाल

देवराज रिजाल

जग्गा वर्गीकरण नगर्दासम्म मालपोतले धितो रोक्का नगर्ने
३१ जेष्ठ काठमाडौँ । सरकारले नयाँ भूउपयोग नियमावली कार्यान्वयनमा ल्याएसँगै देशभरिका मालपोत कार्यालयमा जग्गा रोक्का गर्ने कार्य बन्द हुँदा बैंकहरूको ऋण लगानी ठप्प भएको छ । हिजोदेखि मालपोत कार्यालयमा जग्गा धितो रोेक्का गर्ने कार्य बन्द भएपछि बैंकहरूको ऋण लगानी पनि बन्द गर्नुपर्ने अवस्था भएको बैंकरहरू बताउँछन् । भूउपयोग नीतिमा जग्गाको आवासीय क्षेत्र र कृषि क्षेत्र वर्गीकरण गर्नुपर्ने व्यवस्था रहेको र उक्त वर्गीकरण नगरिएको जग्गामा मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि बैंकहरूको कर्जा लगानी ठप्प भएको हो । भूउपयोग नियमावलीले जग्गाको वर्गीकरण नहुँदासम्म कित्ताकाटसँगै धितो रोक्का पनि गर्न नमिल्ने व्यवस्था गर्दा मालपोत कार्यालयले धितो रोक्का गर्न नमिलेको भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता कृष्णप्रसाद भण्डारी बताउँछन् । “भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले निर्णय गरेर कार्यान्वयनमा गएको भूउपयोग नीतिले गर्दा जटिलता र कठिनाइ सिर्जना भएको छ,” उनले भने, “त्यसको उपयुक्त समाधान निकाल्न सकिन्छ भनेर मन्त्रालयसँग छलफल भइरहेको छ । यसमा सरकारले नै निकास दिनुपर्ने देखिन्छ ।” जग्गा वर्गीकरण नगर्दासम्म मालपोतले धितो रोक्का नगर्ने मालपोत कार्यालयहरूको भनाइ रहेको बैंकरहरू बताउँछन् । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला मालपोत कार्यालयहरूले जग्गा कुन प्रकृतिको हो वर्गीकरण गर्न नसक्दा अन्योल देखिएको र धितो रोक्का हुन नसकेको बताए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …